गाउँ पसेको बाघ नियन्त्रणमा
चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा निस्किएर घरपालुवा जनावरलाई आक्रमण गर्न लागेको बाघलाई मंगलबार नियन्त्रणमा लिइएको छ । पश्चिम चितवनको मेघौली क्षेत्रबाट नियन्त्रणमा लिइएको बाघलाई अहिले कसरा स्थित खोरमा राखिएको छ ।
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उहाँले उक्त कुरा बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
फिल्मको रचनात्मक सहर
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँ महानगरपालिकालाई ‘फिल्मको रचनात्मक सहर’ को नयाँ सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले राजधानीमा सोमबार आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गर्नुभएको हो । महानगरले चलचित्रसँग सम्बन्धित संस्थालाई बोलाएर क्रिएटिभ सिटीको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाएको थियो । युनेस्को प्रमुख क्रफ्टले काठमाडौँमा फिल्मको सम्भावना उच्च रहेको र फिल्म जस्तो सफ्टपावरको क्षेत्रलाई समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
आज दिउँसो देशभर आंशिक बदली हुने
हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।
रोएर केही नहुने भयो : द्वन्द्वपीडित
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा बेपत्ता पारिएका परिवारले ‘रोएर गिड्गिडाएर केही नहुने’ गुनासो गरेका छन् । राज्य र विद्रोही माओवादी पक्षबिच शान्ति सम्झौता भएको १८ वर्ष पुग्दासम्म ‘न लास, न सास’ केही नपाएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।
समस्याग्रस्त बाघ व्यवस्थापनमा समस्या
चितवनको सौराहानजिकै थुनेर राखेको बाघ आइतबार साँझ मरेको छ । दुई जना मान्छे खाएर समस्याग्रस्त बनेको १० वर्षको सो बाघ छ महिनादेखि चितवन राष्ट्रिय निकुञ्जले खोर बनाएर थुनेर पालेको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शनिबारदेखि एक्कासि बिरामी परेको पोथी बाघ आइतबार राति मरेको हो ।
पशुपतिको भेटी चोरी
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको नगद भेटी चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले पशुपति क्षेत्र विकास कोषका सात कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको छ । कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेपछि महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको हो ।
वायोमेडिकल उपकरणहरूको ठुलो हिस्सा उपयोगविहीन
सार्वजनिक स्वास्थ्य संस्थाका ७१ प्रतिशत वायोमेडिकल उपकरण काम नगरेको अध्ययनले देखाएको छ ।
बागमतीमा विषयगत समितिका सभापतिलाई शपथ
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेश सभा अन्तर्गत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश सभा नियमावली २०७४ अनुसार अब विषयगत छ समिति रहने व्यवस्था गरिएको छ ।
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्षदेखि बन्द
मनसुन सुरु हुनै लाग्दासमेत बिपी राजमार्गको आकस्मिक सूचना (इआइएस) प्रणाली बन्द अवस्थामा छ । दुई वर्षदेखि सूचना प्रणालीको उपकरण मर्मत नहुँदा यात्रुले सूचना पाउन सकेका छैनन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार बस्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक यही जेठ ९ गते बस्ने भएको छ ।
विश्व नापतौल दिवस मनाइयो
‘भोलिको दिगोपनका लागि आज मापन गर्छौ’ मूल नाराका साथ आज विश्व नापतौल दिवस मनाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँको आयोजनामा विश्व नापतौल दिवस मनाइएको हो ।
१३ खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ ।
तामाङ समुदायमा प्रचलित ‘डम्फु र सेलो’ कार्यक्रम सुरु
तामाङ समुदायमा प्रचलित, परम्परागत भाका सेलो, फापरे व्हाईलगायतका (गीत)को प्रवर्द्धनका लागि ‘डम्फु र सेलो’ कार्यक्रम सुरु भएको छ ।
रात्रिकालीन व्यवसाय : श्रम बजारको ठुलो स्रोत
विश्वास नेपालले मनोरञ्जन क्षेत्र (डान्सबार, दोहोरी साँझ, मसाजपार्लर, क्याबिन रेस्टुरेण्ट) तथा खाजा घर व्यवसायलाई मर्यादित बनाउँदै त्यहाँ कार्यरत श्रमिकको हक-हितको पनि कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।
सभामुखको भूमिकाप्रति कांग्रेस असन्तुष्ट
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे निष्पक्ष नभएको आरोप लगाउँदै उहाँको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ।
नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम उच्च
यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महिनायताकै उच्च रकम कारोबार भएको छ ।
कांग्रेसले समिति होइन, सरकार मागेको हो : बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको बताउनुभएको छ ।
विपद् जोखिम न्यूनीकरणमा संयुक्त पहल गरिने
वर्षात लागेपछि हुन सक्ने विपद् जोखिम न्यूनीकरणका लागि जिल्लामा विभिन्न संरक्षणका योजना सञ्चालन गर्न सबै स्थानीय तह र जिल्ला समन्वय समितिको संयुक्त पहल गर्ने भएका छन् । तेस्रो जिल्लासभाले निर्णय गरेर साझा पहल गर्ने सङ्कल्प गरेको हो ।
वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?
“हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्षज्यू” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका-१० का वडाध्यक्ष रामकुमार केसीसमक्ष गरेकी हुन् ।
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व सङ्कलन
पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि जिल्लमा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको हो ।
कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्यो : गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको बताउनुभएको छ । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो ।
तनावपूर्ण जीवनले बढाउँदै छ निःसन्तान हुने समस्या
पछिल्लो समय निःसन्तान हुने समस्या बढ्दै गएको छ । केही वर्ष अघिसम्म नेपालमा ८ देखि १० प्रतिशतमा रहेको निःसन्तानको समस्या अहिले बढेर १३ देखि १५ प्रतिशत पुगेको छ ।