मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यो अवधिमा उद्योगतर्फ एक सय ६७ र वाणिज्यतर्फका दुई सय सात उद्योगको लगत कट्टा भएको छ । अघिल्लो आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।
नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यक : डा भट्टराई
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार बनाउन सकिने बताउनुभएको छ ।
राष्ट्रिय शैक्षिक सम्मेलन हेटौँडामा आजदेखि सुरु
बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रवारदेखि दुई दिने शैक्षिक सम्मेलन सुरु भएको छ । सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको हो ।
ललितपुर वाल क्लाइम्बिङ प्रतियोगिता सम्पन्न
ललितपुर वाल क्लाइम्बिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ दीपेश दनुवार र महिला छात्रा तर्फ सरिता दनुवार प्रथम हुनु भयो । प्रतियोगितामा ६० जनाले भाग लिएको थियो । विजेतालाई नगद, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
स्थानीय विकास बजेट खर्च निराशाजनक
रामेछाप जिल्लाका स्थानीय तहको विकास बजेट खर्च निराशाजनक देखिएको छ । यहाँका नगरपालिका तथा गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि वैशाखसम्मको बजेट खर्च कम भएको पाइएको हो । चालुतर्फको खर्चको तुलनामा पुँजीगततर्फको बजेट खर्चको अवस्था झनै कमजोर रहेको छ ।
मनाइयो उँभौली
किराँत समुदायले उँभौली पर्व मनाएका छन् । किराँत धर्मावलम्बी राई, लिम्बूलगायत जातजातिले उँभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ । किराँत समुदायले यस दिनलाई ‘सम्रमा’ अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनका रूपमा पनि मान्ने गर्दछन् ।
सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताउनुभएको छ ।
पशुपतिको भेटी चोरी प्रकरण : ढोडारीको घरबाट छ लाख बरामद
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेका अनुसार कोषका नायब सुब्बा नवराज ढोडारीको घरबाट भेटी चोरी गरेर सङ्कलन गरेकै ठाउँबाट छ लाख रुपियाँ बरामद गरिएको हो । डिएसपी थेबेले भन्नुभयो, “घरको तलासी लिँदा नगद बरामद भएको हो ।”
धर्मादित्यको जन्मजयन्ती मनाइयो
पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको १२२ औं जन्मजयन्ती ९ औं मातृभाषा पत्रकारिता दिवस मनाइएको छ ।
‘हिमालको मुद्दामा नेपालले नेतृत्व लिनुपर्छ’
जलवायु परिवर्तन र बढ्दो तापक्रमले नेपालको हिमाली क्षेत्र जोखिममा परिरहेका बेला विषय मिल्ने मुलुकसँग साझा एजेण्डा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
गोरखापत्रमा फोटो पत्रकारिता सन्दर्भको चर्चा
त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग अन्तर्गतको एमफिल–पिएचडीका प्रोफेसर तथा विद्यार्थीले गोरखापत्रमा राखिएको फोटो प्रदर्शनीको अवलोकन तथा छलफल गर्नुभएको छ ।
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब नभएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा उहाँले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राख्नुभयो ।
भूमेस्थानमा विधिपूर्वक पूजा आराधना गरी उभौली मनाइयो
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । यस समुदायका मानिसले भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाएका छन् ।
जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने स्पष्ट गर्नुभएको छ ।
साइकलमा मकवानपुरगढीबाट गोर्खा दरबार
मकवानपुरको मकवानपुरगढीबाट गोर्खा दरबारसम्म साइकल यात्रा सुरु गरिएको छ । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा २५६७ औँ बुद्धजयन्तीको अवसरमा दुईदिने साइकलयात्रा थालेको हो।
‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’
प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पुर्याउँदै आएको योगदान सराहनीय रहेको बताउनुभएको छ ।
चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना
चुरे संरक्षणका लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौँ आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौँ आइपुगेको हो ।
सञ्चारमन्त्री शर्माद्वारा ‘गणतन्त्र दिवस तस्बिर प्रदर्शनी’ उदघाटन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र दिवस-२०८१ का उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित तस्बिर प्रदर्शनीको उदघाटन गर्नुभएको छ ।
लोसपाको महासचिवमा यादव मनोनीत
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महासचिव पदमा शीतलप्रसाद यादव मनोनीत हुनुभएको छ । अध्यक्ष महन्थ ठाकुरले सिरहाका यादवलाई पार्टीको संशोधित अन्तरिम विधानअनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनीत गर्नुभएको हो ।
बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताउनुभएको छ ।
अधिकारीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार
चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुरले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा बिहीबार हेटौँडामा चलचित्र पत्रकार एवम् गीतकार गीता अधिकारीलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ प्रदान गरेको छ ।
कलापरिषदमा ‘देवीदेवता र तिनका बासस्थल’
नेपाल कलापरिषद यति बेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ ।
‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरूप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’स्थापना गरेको छ ।
‘नागरिकको स्वास्थ्य सुधार्न स्थानीय सरकारले ध्यान दिनुपर्छ’
प्राडा. सिता घिमिरे पोखरेल विगत २० वर्षदेखि देशको विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले त्रिवि शिक्षण अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा कन्सल्टेन्टको रूपमा जिममेवारी निर्वाह गर्नुभएको छ ।