केरा काटेर नष्ट गर्ने चार बालक पक्राउ
पूर्वी चितवन खैरहनी नगरपालिका–३ स्थित करिब पाँच कठ्ठा क्षेत्रफलमा लगाएको केरा काटेर नष्ट गर्ने चार जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ १ गते राती १ बजेको समयमा पाँच कठ्ठामा लगाएको ३१५ बोट केरा काटिएको थियो ।
वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा
नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल भएका छन् । संसद्मा आइतबार प्रस्तुत ‘सार्वजनिक संस्थानको वार्षिक समीक्षा’ मा उक्त कुरा उल्लेख छ ।
कांग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न एमालेको आग्रह
नेकपा एमालेले नेपाली कांगे्रसलाई आधारहिन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गरेको छ ।
जलविद्युत आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी
नेपाल सरकारले विभिन्न जलविद्युत आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ ।
दुर्घटनामा परेकाहरूको उपचार हुँदै, चारको अवस्था गम्भीर
नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलो भन्ने स्थानमा गएराति भएको दुर्घटनामा परी घाइते भएकाहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च
नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दामा सुनुवाइ जारी
सर्वोच्च अदालतमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिटमा सुनुवाइ जारी रहेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।
पुस्तक विमोचन गर्दै नेपाल संवत् कार्यक्रम सम्पन्न
नेपाल संवत् राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेवाः देय् दबूको संयोजकत्वमा भएको कार्यशाला गोष्ठीमा मल्ल के सुन्दरको ‘नेपाल संबत् व भिंतुना आन्दोलन’ न्हू दँ राष्ट्रिय समारोह समिति काठमाडौं, नेपालभाषा मंकाः खलः काठमाडौं, यल नेवाः समाज ललितपुर, राष्ट्रिय विभुति शंखधर प्रतिष्ठान थिमि, बिराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरका अध्यक्षहरुबाट सामूहिक रुपमा बिमोचन गर्नुभयो ।
बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या ११ हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ १३ गते आइतबारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ४७५ पुगेको हो ।
चार सवारी साधन दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् ।
सुन र चाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु एक लाख ३७ हजार दुई सय कायम भएको छ ।
स्कुल बस जलाएको आरोपमा अध्यक्ष पक्राउ
निजी विद्यालय स्मल हेभन स्कुलको बस आगजनी गरेर जलाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ परेका छन ।
शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा जारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गरी सहज रूपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने गरी शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा सुरु गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूसँग छलफल सुरु गर्नुभएको हो ।
सवारीसाधन कर बाँडफाँटबाट स्थानीय तहलाई पाँच अर्ब
बागमती प्रदेशका स्थानीय तहहरूलाई सवारीसाधन कर बाँडफाँटबाट पाँच अर्ब रुपियाँ हस्तान्तरण हुने भएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
बागमती प्रदेशसभाको बैठक आज सोमवार बस्दै छ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
खोप अभियान स्थगित
गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
चार सवारी साधन एकापसमा ठोक्किएः एक जनाको मृत्यु, २२ घाइते
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
पत्रकारले आलोचना र खबरदारी गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारलाई पत्रकारले आलोचना र खबरदारी गर्नुपर्ने बताउनुभएको छ। प्रेस सेन्टर नेपाल मकवानपुरको आयोजनामा आइतबार हेटौँडामा कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार र सञ्चारमाध्यमले गलत कुरालाई गलत भन्नुपर्ने बताउनुभएको छ।
सिन्धुपाल्चोकका १४ हजार बालबालिकालाई 'आईपिभी' खोप लगाईंदै
सिन्धुपाल्चोकका १४ हजार ९७४ बालबालिकालाई पोलियो रोगविरुद्धको आईपिभी खोप लगाउन सुरु गरिएको छ ।
धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापनाका लागि पहल गर्छुः मन्त्री चौधरी
त्यसक्रममा नेपाल बाल सङ्गठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापनाका लागि बजेट विनियोजनका लागि सहजीकरण गरिदिन आग्रह गरेको मन्त्री चौधरीका प्रेस संयोजक देविका घर्ती मगरले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउँदै समितिका सभापति चुडामणि भट्टले धनगढीमा बालग्राम स्थापना अपरिहार्य रहेको भन्दै त्यस्तो आग्रह गर्नुभएको थियो ।
प्रतिनिधिसभामा आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेश
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ ।
अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याइएको छ : उपाध्यक्ष पौडेल
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै पूर्व अर्थमन्त्री पौडेलले जनतामा रहेको निराशालाई चिरेर मुलुकलाई हामी आफँैले बनाउन सक्छौँ भन्ने आशाको सञ्चार उत्पन्न भएको बताउनुभएको हो ।
राष्ट्रियसभाको बैठक सर्यो
राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन