दाइको हत्या अभियोगमा भाइ पक्राउ
जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ ।
दक्षिण कोरियामा प्रशिक्षण कार्यक्रम हुने
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत् अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीले नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रवासमा नेपाली दाजुभाइ दिदीबहिनीको अवस्था लगायतका विविध विषयमा छलफल हुने बताउनुभयो ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन : तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु
वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ ।
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममा कम बजेट विनियोजन भयो : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड
नेपालले विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको प्रभावकारी कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
पेचिलो बन्दै वातावरणीय न्यायका मुद्दा
पहिला पहिला जलवायु तथा वातावरणीय मुद्दाहरूमा खासै ठुलो बहस र पैरवी हुँदैनथ्यो । दिगो विकासको अवधारणसँगै वातावरणीय मुद्दा पनि प्राथमिकतामा पर्दै जान थाल्यो ।
गृहमन्त्रीविरुद्धको रिटको सुनुवाइ स्थगित
उपप्रधानम एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल सुरु हुने भएको छ । प्रदेश सभाको बैठक आज दिउँसो ३ः३० बजे बस्दै छ ।
वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो
गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
नेपाली सेनाद्वारा ‘श्री रुद्रायणी प्रवेशद्वार’ निर्माण
नेपालमा गणतन्त्र प्राप्तिसँगै स्थानीय सांस्कृतिक गतिविधिमा पनि नेपाली सेनाका गतिविधिमा समयानुकूल परिवर्तन गरिरहेको छ । स्थानीय भाषा, बाजागाजा र संस्कृतिको जगेर्ना गर्ने गतिविधिमा नेपालीको योगदान थुप्रै छन् ।
जापानको बाह्य सम्पत्ति तीन ट्रिलियन अमेरिकी डलर पुग्यो
जापानको बाह्य सम्पत्ति २०२३ मा रेकर्ड ४७१.३१ ट्रिलियन येन (३ ट्रिलियन अमेरिकी डलर) मा पुगेको छ । जुन एक वर्ष अघिको तुलनामा १२.२ प्रतिशतले बढेको हो । कमजोर येनले विदेशी स्टक, बन्ड र येन सर्तमा अन्य होल्डिङको मूल्य बढाएको कारण बाह्य सम्पत्ति बढेको जनाइएको छ ।
हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबिच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ ।
एउटा ट्रकले गर्दा २२ घण्टा राजमार्ग अवरुद्ध
एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडक २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको छ ।
रोनाल्डोको ३५ औँ सन्तान जन्मियो
जङ्गली हात्ती रोनाल्डोको नयाँ सन्तान जन्मिएको छ । हात्ती प्रजनन केन्द्र खोरसोरमा रोनाल्डोको ३५ औँ सन्तान जन्मिएको हो । प्रजनन केन्द्रमा रहेको हिमाली कलीले गए मध्य राती छावी जन्माएसँगै रोनाल्डोको सन्तान ३५ पुगेको हो ।
राष्ट्रिय कला प्रदर्शनी सुरु, गोरखापत्रका पत्रकार पुरस्कृत
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मङ्लबारबाट सुरु भएको छ । प्रज्ञा–प्रतिष्ठानको नक्सालस्थित ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ४८२ कलाकारका चित्रकला, मूर्ति, हस्तकलालगायत ५२२ कलाकृति राखिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रदर्शनी उद्घाटन गर्नुभएको हो । मन्त्री तामाङले यस वर्षको अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई प्रदान गर्नुभयो । पुरस्कारको राशि एक लाख ५० हजार रुपियाँ रहेको छ । यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
निर्माणाधीन पुल
निर्माणाधीन पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको फाउण्डेशन । मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डले यहाँ पुलको काम अगाडी बढाएको हो ।
काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’
ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल ९टान० ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ ।
ठुला र जलाशययुक्त आयोजना प्राथमिकतामा
ठुला र जलाशययुक्त आयोजनालाई निर्माणमा प्रवेश गराउने उद्घोषसहित सरकारले मङ्गलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । समग्र ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपियाँ विनियोजनसहित अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१/८२ को बजेट प्रस्तुत गर्नुभएको थियो । आगामी आवमा बहुचर्चित दुधकोशी, नलसिंहगाड, माथिल्लो तामाकोशी जस्ता आयोजना निर्माणको चरणमा प्रवेश गराउने योजना बजेटमा राखिएको छ ।
एमाले चितवनको अध्यक्षमा पाठक
नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
सबैभन्दा बढी बजेट शिक्षामा, सञ्चार तर्फ ७ अर्ब ३५ करोड
आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक भएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोडको बजेट अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकबाट मंगलबार गर्नुभयो । सो बजेटमा शिक्षातर्फ सबैभन्दा बढी २ खर्ब ३ अर्ब ६६ करोड रुपियाँ छुट्याइएको छ ।
बजेट ठिक दिशातर्फ उन्मुख छ : उपाध्यक्ष डा.वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान ठिक रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच
सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्याउने गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।