सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच
सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्याउने गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
यस्ता छन् नयाँ नारा र कार्यक्रम
सरकारले पुँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि हासिल गर्नेलगायत नयाँ कार्यक्रमहरू प्रस्ताव गरेको छ ।
बजेट उत्साहित हुने खालको छैन : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत बजेट आमजनता उत्साहित हुने खालको नरहेको प्रतिक्रिया दिएको छ ।
दिवा खाजाको लागि आठ अर्ब ३९ करोड विनियोजन
सरकारले दिवा खाजाको लागि आठ अर्ब ३९ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड विनियोजन
सरकारले उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा विभिन्न विधाका आठ खेलाडी सम्मानित
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गणतन्त्र दिवसका अवसरमा विभिन्न चार खेलका आठ खेलाडीलाई आज नगदसहित पुरस्कृत गरेको छ ।
झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड विनियोजन
सरकारले झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घ, प्रदेश र स्थानीय तहका लागि लागत साझोदारीमा आधा घण्टा हिँडाइको दुरीमा तरितलाउको सुविधा पुर्याउन झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड विनियोजन गरिएको जानकारी दिनुभयो।
सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब ६० करोड रकम विनियोजन
सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा विस्तार गर्न सरकारले एक अर्ब ६० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
तस्बिरमा सांसदहरूले भरिएको संयुक्त सङ्घीय सदन
संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते सङ्घीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्नुभएको छ ।
पशुपन्क्षीको खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड बजेट विनियोजन
सरकारले पशुपन्क्षीको महामारी रोग नियन्त्रण गर्न खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।
चालु आवको आय/व्ययको अनुमान दोस्रो पटक संशोधन
चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय र व्ययको अनुमान दोस्रो पटक संशोधन गरिएको छ । यसअघि चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत् आय र व्ययको अनुमान संशोधन गरिएकोमा मङ्गलबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत पनि चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको छ ।
आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताउनुभयो ।
२०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषण गर्ने
सरकारले कृषि क्षेत्रमा वि.सं. २०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा
राष्ट्र कल्याण तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा गरिएको छ । हिमालयन बौद्ध शिक्षा तथा संभोटा लिपि प्रशिक्षण केन्द्रद्वारा स्वयम्भूमा आयोजित उक्त कार्यक्रममा २१ ताराको पूजा तथा प्रज्ञापारमिता ग्रन्थको पाठ गरिएको हो ।
शिशु मृत्युदर २१ मा झर्यो
अर्थमन्त्री वर्षमान पुनले शिशु मृत्युदर २१ मा झरेको बताउनुभएको छ । सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शिथिल अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ
अर्थमन्त्री वर्षमान पुनले शिथिल अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बजेटको ब्रिफकेससहित अर्थमन्त्री संसदमा
मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको हो ।
तामाकोशीका विद्यालयमा १२ कक्षासम्म दिवा खाजा
दोलखाको तामाकोशी गाउँपालिकाले कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउन सुरु गरिएको छ ।
गोरखापत्रको प्रकाशन ‘परिवर्तित नेपाल’ लोकार्पित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा अझै परिवर्तन गर्न नसकिएको भन्नुहुँदै सो क्षेत्रमा काम गर्न सबैलाई आव्हान गर्नुभयो ।
२९ सहकारीमाथि छानबिन हुने
सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा गठन गरिने भनिएको छानबिन समितिले २९ वटा सहकारीमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ ।
श्रमिकहरूको समस्या समाधान हुन्छ : उपकुलपति डा.गिरी
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बिपी प्रतिष्ठानमा कार्यरत श्रमिकहरूले आन्दोलन गर्न नपर्नेगरी तत्काल श्रमिकहरूको समस्याहरूको समाधान गर्ने बताउनुभयो ।
चीन र पाकिस्तानमा गणतन्त्र दिवस मनाइयो
चीन र पाकिस्तानमा पनि सत्रौँ गणतन्त्र दिवस मनाइएको छ । बेइजिङस्थित नेपाली राजदूतावासमा त्यहाँ रहेका कूटनीतिक कर्मचारीसहितको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
सात सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सात सदस्यीय सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ ।
टिपरको ठक्करबाट घाइते भएका नेपालीको मृत्यु
काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ ।