राममणि दाहाल
हेटौँडा, जेठ १६ गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल सुरु हुने भएको छ । प्रदेश सभाको बैठक आज दिउँसो ३ः३० बजे बस्दैछ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल गर्ने गरी कार्यतालिका तय गरिएको छ ।
यसैबिच प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्न प्रदेश सभाका सदस्यहरुलाई दिउँसो ३ बजेसम्मका लागि समय उपलब्ध गराइएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिमराम जम्कट्टेलले वार्षिक नीति तथा कार्यक्रमको प्रति प्रदेश सभा बैठकमा टेबुल गर्नुभएको थियो ।