मोरङ समाचारदाता
विराटनगर, असार २३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनागरिकलाई जोड्ने गरी बिमा कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित अन्तव्र्रिmयामा मुख्यमन्त्री कार्कीले सरकारले बिमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर आमनागरिक नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “राज्यले बिमा कम्पनीलाई सुविधा दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन । त्यसतर्फ ध्यान दिनु पर्छ ।”
उहाँले बिमाका विविध पक्षका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिले मानिसमा लाग्ने गम्भीर प्रकृतिको रोगको बिमा अपरिहार्य भइसकेको छ । साथै कृषि, पशुधन र स्वास्थ्य उपचारको बिमालाई पनि प्राथमिकतामा राखेर बिमा नीति बनाउनु पर्छ ।”
मुख्यमन्त्री कार्कीले सहकार्यको माध्यमबाट पनि बिमालाई व्यापक बनाउन सकिनेमा उपाय सुझाउनुभयो । उहाँले बिमा कम्पनीले बिमाको प्रव्रिmया सरल, सहज र झन्झटरहित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि कोशी प्रदेशमा कस्तो खालको नीति बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कार्यदल बनाएरै काम सुरु गर्ने जानकारी गराउनुभयो । कार्यव्रmममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोशी प्रदेशमा करिब तीन अर्बको प्रिमियर सङ्कलन हुने र डेढ अर्ब जति भुक्तानी हुने गरेको बताउनुभयो ।
कोशी प्रदेशका विभिन्न क्षेत्रमा कसरी बिमा कार्यक्रम अगाडि बढाउन सकिन्छ भनेर अध्ययन भइरहेको र प्रदेश सरकारले यदि अध्ययन गर्न चाहेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।