‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहेता पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मङ्गलबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ ।
तीन पत्रकार सम्मानित
गणतन्त्र दिवसका अवसरमा तीन पत्रकार ‘राष्ट्रिय सेवा सम्मान’द्वारा सम्मानित हुनुभएको छ ।
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये छको प्रगति न्यून, चारको शून्य
पन्ध्रौँ आवधिक योजनाले वन घनत्वसम्बन्धी निर्धारण गरेका ११ सूचकमध्ये छमा न्यून र चारमा शून्य प्रगति देखिएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ११ वटा सूचकमध्ये एउटामा मात्रै उल्लेख्य प्रगति देखिएको छ ।
गोरखापत्रमा प्रेस युनियनको शुभकामना आदान–प्रदान
नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाले सोमबार शुभकामना आदन–प्रदान एवं सम्मान कार्यक्रम आयोजना गरेको छ ।
‘कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन’ : रास्वपा प्रमुख सचेतक परियार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको प्रमुख सचेतक परियारको बुझाइमा भने राजनीतिक स्थायित्व कुनै अमुक व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु र नहुनुसँग सरोकार हुँदैन । नीति, दर्शन एवम् राजनीतिक विचार र बुझाइमा स्थायित्व हुनु नै राजनीतिक स्थायित्व हो ।
‘बालबालिका सम्बन्धी समस्याको प्रभावकारी समाधान खोज्न आवश्यक’
महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले बालबालिकाको क्षेत्रमा देखा परेका समस्याको प्रभावकारी समाधान खोज्नुपर्ने बताउनुभयो ।
बजेट उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन आवश्यक : अध्यक्ष कुँवर
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले आगामी आर्थिक वर्षको बजेट उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनुपर्ने बताउनुभएको छ ।
शल्यक्रिया गर्न एक हप्तादेखि दुई वर्षसम्म पालो कुर्न बाध्य बिरामी
नेपालका ठुला सरकारी अस्पतालमा सानोदेखि ठुलो शल्यक्रिया गर्नुपर्दा बिरामी एक हप्तादेखि दुई वर्षसम्म लाइन बस्न बाध्य छन् ।
‘बङ्गलादेशमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरूले पढ्न पाउने अवस्था बनेको बताउनुभएको छ ।
डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबिच समन्वय गर्न जरुरी : महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नका लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल—भारतबिच समन्वय गर्न जरुरी रहेको बताउनुभएको छ ।
विपद् जोखिम उद्धारसम्बन्धी कानुनको कार्यान्वयनमा समस्या छ : प्रहरी महानिरीक्षक
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानुन कागजमा राम्रो भए पनि व्यवहारमा लागु गर्न समस्या रहेको बताउनुभएको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनीमा ५२२ कलाकृति समावेश
गणतन्त्र दिवसका अवसरमा भोलिदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१’ मा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएका छन् ।
विपद् जोखिममा जनताको उद्धारका लागि टास्क फोर्स बन्छ : उपप्रधानमन्त्री
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ गतेसम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारका लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताउनुभएको छ ।
मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गर्नुभएको छ ।
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
प्रदेश प्रमुख शर्माबाट बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्नुभएको छ ।
स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी मौज्दात शून्य
सरकारले निःशुल्क प्रदान गर्दै आएको अत्यावश्यक औषधीको मौज्दात नहुँदा निःशुल्क औषधी वितरण सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको छ ।
गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
‘युग सुहाउँदो समाजवादको मोडल विकास गर्नुपर्छ’
पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युग सुहाउँदो नयाँ समाजवादको मोडल विकास गर्नुपर्ने बताउनुभएको छ ।
महाभारतसहित पाँच स्थानीय तहको बेरुजू शून्य
आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजू शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथीभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शून्य देखिएको हो ।
साहित्यको माध्यमबाट महिला र बालबालिकाको अधिकारको पक्षमा काम गर्न सकिन्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवम् विश्वको वातावरण संरक्षणको पक्षमा काम गर्न सकिने बताउनुभएको छ ।
‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ ।
जसपा नेपालको राजनीतिक प्रतिवेदन पारित
जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक प्रतिवेदन पारित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
सञ्चार सचिवद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गणतन्त्र दिवस-२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।