• ४ असार २०८१, मङ्गलबार

प्रदेश प्रमुख शर्माबाट बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

blog

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुहुँदै । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ १४ गते ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माद्वारा सरकारको नीति तथा कार्यक्रम प्रदेश सभमा प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।

प्रदेश प्रमुख शर्माले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा उत्पादन र उत्पादकत्व वृद्धिका लागि लगानी केन्द्रित गर्ने नीति लिइने बताउनुभयो ।

साथै वित्तीय सुशासन कायम गर्ने, राजस्व चुहावट नियन्त्रण गरिने र प्रदेश गौरवका आयोजना तय गर्न मापदण्ड बनाइने बताउँदै एक विद्यालय एक नस कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

यस्तै, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने, आर्थिक रुपमा कमजोर रहेका स्थानीय तहमा थप वित्तीय हस्तान्तरण गरिने, महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पु र्‍य ाएको योगदानको सम्मान गर्दै प्रोत्साहन भत्तालाई निरन्तरता दिइनेभएको छ ।

प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।

यसअघि बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी आवको नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको थियो ।

यसैगरी, बागमती प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गत सोमबार सकिएको थियो ।

सरकारले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) सरकारको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) का आधारमा नीति तथा कार्यक्रम ल्याइने गरिन्छ ।