• ४ असार २०८१, मङ्गलबार

जसपा नेपालको राजनीतिक प्रतिवेदन पारित

blog

काठमाडौँ, जेठ १४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक प्रतिवेदन पारित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार जसपा नेपालले महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यलाई तीव्रता दिएको छ । सङ्गठन विभागले महाधिवेशन प्रतिनिधिको अभिलेखीकरण गरेसँगै केन्द्रीय निर्वाचन समितिले प्रतिनिधिको नामावली सार्वजनिक गर्ने छ । जसपा, नेपालको महाधिवेशन यही जेठ २८–३० गते जनकपुरमा हुँदैछ ।