प्रदेशको नीति तथा कार्यक्रम सोमबार
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी सोमबार आउने भएको छ
मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण
ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले ग्रिलजन्य फलाम र निर्माण सामग्रीको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको जनाएको छ ।
गीतकार सङ्घ नेपालले विभिन्न श्रष्टालाई पुरस्कृत गर्ने
‘अमर-भावना राष्ट्रिय स्रस्टा सम्मान गीतकार सङ्घ नेपाल-२०८०’ डा. रिजाललाई प्रदान गरिने भएको छ ।
फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिस्टुला निवारणका लागि मार्गचित्र (२०२४-२०३०) सार्वजनिक गरेको छ ।
तीन प्रदेशमा वर्षा
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अहिले तीन प्रदेशमा हल्का वर्षा भइरहेको छ । बागमती प्रदेशका पहाडी भूभाग, कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौमम पूर्वानुमान महाशाखाले जनाएको छ ।
'कृषि, पर्यटन र ऊर्जा प्राथमिकतामा राख्नुपर्छ'
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र ऊर्जालाई प्राथमिकता दिने बताउनुभएको छ ।
जुवाको खालबाट २२ जना पक्राउ
नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सहकारी पीडित पुनः आन्दोलनमा
सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् ।
आवेदन दिने सबैलाई सीप सिकाउँदै कामपा
गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ ।
महिनैपिच्छे तीन पाटेबाघको मृत्यु
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुने क्रम बढेको छ ।
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह
डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।
परराष्ट्र सचिव सेन्ट जोन्स प्रस्थान गर्नुहुँदै
परराष्ट्र सचिव सेवा लम्साल एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा संयुक्त राष्ट्रसङ्घले यही जेठ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको साना टापु विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
बागमतीमा तीन दिन गणतन्त्र दिवस मनाइने
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस, २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन दिनसम्म भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
तापक्रम सन्तुलनमा हिमालको महत्वपूर्ण भूमिका
हिमाल र हिमालको स्वच्छ पानीले विश्वव्यापी तापक्रम सन्तुलनमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्नेगरेको हुँदा हिमाल संरक्षणको विषय विश्व समुदायको एजेण्डा भएको कुरालाई स्वीकार गरिएको छ । दुई दिनसम्म चलेको हिमाल, मानव र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सो स्वीकार गरिएको हो ।
दुईपाङ्ग्रे सवारीसाधन चोरीका घटना बढ्दै
सङ्घीय राजधानी काठमाडौँ उपत्यकासँगै जोडिएको प्रमुख व्यापारिक केन्द्र बनेपामा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढ्न थालका छन् ।
राष्ट्रियसभा बैठक स्थगित
राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि सञ्चालन हुन नसकेको हो ।
सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी : सभापति डा.राणा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले सुरक्षित मातृत्व सेवालाई सरकारले थप व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभएको छ ।
धावनमार्गमा समस्या आउँदा उडान अवरुद्ध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्रयाक’ भएपछि आज दिउँसो ११ः४५ देखि १२ः४५ बजेसम्म उडान अवरुद्ध भएका थिए ।
सामुदायिक क्याम्पस गाभ्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभेर (मर्जर) गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्यो
आज बिहान ११ बजेका लागि तय भएको बैठक करिब डेढ घण्टा ढिलो गरी मात्र सुरु भएलगत्तै नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले अवरोध गरेको थिए । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको मागबमोजिम संसदीय छानिबन समितिको कार्यदलको बैठक जारी रहेको भन्दै बैठक सञ्चालन सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।
कार्यदलको बैठक फेरि बस्ने
सहकारीको रकम अपचलनका सम्बन्धमा छानबिनका लागि गठन गर्न लागिएको संसदीय समितिको विषयमा सहमति जुटाउन शुक्रबार बसेको बैठकमा पनि मतैक्य हुन नसकेपनि पुनः बस्ने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
तोलामा एक हजार आठ सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै रु. एक हजार आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा रु एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।
उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा स्थापना गरिने उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ ।