• ३ असार २०८१, सोमबार

तीन प्रदेशमा वर्षा

blog

काठमाडौं, जेठ ११ गते । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अहिले तीन प्रदेशमा हल्का वर्षा भइरहेको छ । बागमती प्रदेशका पहाडी भूभाग, कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौमम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाअन्तर्गतको जल तथा मौसम विज्ञान विभागका  मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले प्री मनसुनको समय भएको र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण तीन प्रदेशमा हल्का वर्षा भएको हो ।

उहाँका अनुसार अन्य प्रदेशको मौसम आंशिकदेखि सामान्यतया बदली नै रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अहिले तीन प्रदेशमा हल्का वर्षा भएको छ । अन्य प्रदेशको मौसम पनि आंशिकदेखि सामान्यतया बदली छ , प्री मनसुनको समय भएकाले बेलुकापख मेघ, गर्जनसहित हल्का पानी पर्ने निरन्तर चलिरहन्छ ।”

शुक्रबार राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको उहाँले बतानउनुभयो ।

शनिबार पनि  देशभरको मौसमा आंशिदक बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत  देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राती गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

आइतबार पनि देशभरको मौसम आंशिकदेखि सामान्यतथा बदली नै रहने उहाँ बताउनुहुन्छ । प्री मनसुनको समय भएकाले बिहानपख मौसम सफा रहेपनि बेलुकापख भने हावाहुरी, मेघ गर्ज र चट्याङ्सहित हल्का व्र्षा भने हुन सक्ने उहाँ बताउनुहुन्छ ।
यस वर्ष मनसुन कहिले भित्रन्छ ? यसवर्ष मनसुन नेपालमा कहिले भित्रन्छ भन्ने आँकलन मौसमविद्ले गरेका छैनन् ।

नेपालमा सरदर मनसुन सुरु मे ८ मा सुरु हुन्छ। यसवर्षको मनसुन कहिले सुरु हुन्छ  भन्ने यकिन अझै नभएको जल तथा मौसम विज्ञान विभागका प्रवक्तासुनिल पोखरेलले बताउनुभयो । मे ८ आउन अब दुई हप्ता मात्र बाँकी छ । उहाँले भन्नुभयो, “अहिले मनसुन भारतको दक्षिणतर्फ नै बिकसित छ, नेपालमा कहिले आइपुग्छ भन्ने अहिले नै आँकलन गरेका छैनौँ, मे ८ को पाँच दिन अघि मात्र यो बारे भन्न सकिन्छ । ”