दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : सांसद राणा
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्छ : प्रमुख साह
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौँको थायमरुस्थित रत्नकेतु महाबिहार पुनर्निर्माण उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मलेसियामा पनि बुद्ध जयन्ती मनाइयो
मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्ती (वैशाख दिवस) का अवसरमा बुधबार एक कार्यक्रम आयोजना गरियो ।
वर्षायाममा उपत्यकाभरी मेलम्ची पानी नआउने
यस वर्ष पनि बर्षायाममा मेलम्चीे पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको बर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो ।
गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो
अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निराश भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।
प्रदेश सरकारको खर्च क्षमता कमजोर
चालु आर्थिक वर्ष २०८०/८१ सकिन दुई महिना बाँकी हुँदा बागमती प्रदेश सरकारको चालु आवका लागि विनियोजित बजेटको ४१ प्रतिशत मात्र खर्च भएको देखिएको छ । चालु आव सकिन तीन महिना बाँकी हुँदा विनियोजित बजेटको ३५
बौद्ध दर्शन मानव समुदायका लागि प्रेरणादायी छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गर्नुभएको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताउनुभएको छ ।
बुद्ध जयन्ती मनाउन बौद्धमा दर्शनार्थीको भीड (फोटो फिचर)
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने गर्दछ ।
सभामुखद्वारा उँभौलीकोे शुभकामना
सभामुख घिमिरले किरात समुदायको पर्व उँभौलीको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा उँभौलीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उँभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
सगरमाथामा कलाकार छिरिङ
कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । मोडल तथा कलाकार शेर्पाले आफ्नो ‘टासिदेलेक’ को पोस्टरसहित चुचुरोमा पुग्नुभएको हो । जलवायु परिवर्तनबाट हिमाली भू–भागमा परेको असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने धारणा उहाँको छ । सामाजिक सञ्जालमार्फत आरोहणको सन्देश दिँदै शेर्पाले सगरमाथाको आरोहणबाट प्राप्त आम्दानीको केही हिस्सा हिमाली भेगको विकासका क्षेत्रमा राज्यले लगाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । शेर्पा समुदायलाई हिमाल आरोहीका रूपमा मात्र व्याख्या नगरी उनीहरूलाई राज्यका हरेक संयन्त्रमा जोडिन सक्ने वातावरण सिर्जना गर्नुपर्ने माग उहाँको छ ।
रथको टुप्पोबाट खसालियो नरिवल
मत्स्येन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनमा नरिवल खसाल्ने जात्रा मनाइन्छ । बुधबार लगनखेलको थतिटोलमा रातो मत्स्येन्द्रनाथको नरिवल खसालेर जात्रा मनाइएको छ । रथ लगनखेलको थतिटोलमा पुगेपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । नरिवल खसाल्ने दिन अपराह्न, ज्येष्ठ व्यक्ति रातो मत्स्येन्द्रनाथको टुप्पोमा बसेर देशमा सुख शान्ति छाओस् भन्ने कामना गर्दै चारै दिशामा यःमरी खसालेपछि अन्तिममा नरिवल खसाल्ने गरिन्छ ।
‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रम
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले बागमती प्रदेशमा समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रम सुरुवात गरिएको बताउनुभएको छ । मन्त्री श्रेष्ठले आफू मन्त्री भएपछि एक वर्षभित्र गरेका कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै स्थानीयसँगको साझेदारीमा समुदायमा आधारित खेती प्रणालीमार्फत कृषि उत्पादनमा आत्मनिर्भर वडा निर्माण गर्न चालु आवदेखि एक वडा एक कृषि उत्पादन कार्यक्रम सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा कोषमा पचपन्न अर्बभन्दा बढी रकम
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सामाजिक सुरक्षा योजना अन्तर्गत पाँच वर्षको अवधिमा ५५ अर्बभन्दा बढी रकम जम्मा भएको छ । कोषका अनुसार जेठ ९ गते बुधबारसम्म कोषमा योगदानकर्ता र रोजगारदाताबाट ५५ अर्ब तीन करोड रुपियाँ योगदानबापतको रकम जम्मा भएको हो ।
सकियो प्रदेश स्तरीय सुरक्षा गोष्ठी
बागमती प्रदेशको राजधानी हेटौँडामा भएको दुईदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार सकिएको छ। नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा हेटौँडामा सुरक्षा गोष्ठी भएको हो।
पशुपतिको वनकालीमा साउनभर कोटीहोम महायज्ञ हुने
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।
बेइजिङ कार्य मञ्च प्रतिवेदनबारे विज्ञ समूहसँग छलफल
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए) ‘बेइजिङ प्लस रिभ्यू’को तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँग छलफल गरेको छ । मन्त्रालयले कार्यक्रम आयोजना गरी उक्त तयारी प्रतिवेदनमाथि छलफल गरेको हो ।
सङ्घद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
नेपाल नेत्रज्योति सङ्घले अमेरिकास्थित ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन संस्थाको आर्थिक सहयोगमा काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीका लागि चस्मा (सन ग्लास) हस्तान्तरण गरेको छ ।
गणतन्त्र दिवस : राससद्वारा तस्बिर प्रदर्शनी आयोजना गरिँदै
राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस-२०८१ का अवसरमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गर्ने भएको छ ।
चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान
बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान भएको हो ।
स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले बुधबार वीर अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी हुनुभएको थियो ।
आलु खेतीतर्फ आकर्षण बढ्दो
पछिल्लो समय दोलखाको शैलुङका किसानहरू आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् । आलु खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका हुन् ।
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराउनुभएको छ ।
भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबिच भगिनी सम्बन्ध
चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबिच भगिनीसम्बन्धी कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै नगरबिच भगिनी सम्बन्ध कायम भएको हो ।