• २ असार २०८१, आइतबार

सगरमाथामा कलाकार छिरिङ

blog

काठमाडौँ, जेठ १० गते । कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । मोडल तथा कलाकार शेर्पाले आफ्नो ‘टासिदेलेक’ को पोस्टरसहित चुचुरोमा पुग्नुभएको हो ।

जलवायु परिवर्तनबाट हिमाली भू–भागमा परेको असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने धारणा उहाँको छ । सामाजिक सञ्जालमार्फत आरोहणको सन्देश दिँदै शेर्पाले सगरमाथाको आरोहणबाट प्राप्त आम्दानीको केही हिस्सा हिमाली भेगको विकासका क्षेत्रमा राज्यले लगाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । शेर्पा समुदायलाई हिमाल आरोहीका रूपमा मात्र व्याख्या नगरी उनीहरूलाई राज्यका हरेक संयन्त्रमा जोडिन सक्ने वातावरण सिर्जना गर्नुपर्ने माग उहाँको छ । कलाकार शेर्पाले हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई जगेर्ना गरी राष्ट्रियस्तरमा यसको प्रवर्धन गर्नुपर्ने तथा सगरमाथा आरोहणमा देखिएका चुनौती र चापलाई व्यवस्थित एवं मर्यादित बनाउन पहल गर्नुपर्ने पोस्टमा उल्लेख गर्नुभएको छ ।