कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज
काठमाडौँ, जेठ ९ गते । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
महाभारत गाउँपालिकामा दम्पतीको हत्या
काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका ४ महादेवटारमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार स्थानीय अन्दाजी ६० बर्षका मानबहादुर बल र उहाँकी ५० बर्षीया श्रीमती केकाइमाया बल मृत अवस्थामा फेला पर्नुभएको हो ।
हेटौँडामा दुई जना मृत फेला
हेटौँडामा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार हेटौँडा–२ र हेटौँडा–१२ मा पुरुष मृत अवस्थामा फेला परेका हुन।
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका भुटानका कृषि तथा पशुपन्क्षी मन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले शिष्टाचार भेट गर्नुभएको छ ।
कोठाभाडा तिर्न नसक्दा...
काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले कोठाभाडा तिर्न पनि नसक्ने परिवारको आर्थिक अवस्थाका कारण आफू र छोराको ज्यान लिने गरी अप्रिय कदम चालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
टिकापुरको जग्गा ५० हजारमा किनेको हुँ : सांसद राणा
नेपाली कांग्रेसका सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपियाँमा किनेको बताउनुभएको छ ।
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ । मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट ‘हेर्दाहेर्दै’ मा राखेको हो ।
संसदबाटै बजेट आउने माओवादी सांसदको दाबी
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट संसदबाटै आउने दाबी गरेका छन् ।
फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले प्रतिपक्ष दलहरुलाई पेलेर अघि बढन नचाहेको बताउनुभएको छ ।
कागेश्वरी मनहरा घटनाः मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-५ थलीमा आज बिहान मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा चिरेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् ।
पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
पाँचखालस्थित पलाञ्चोक भगवतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अवसरमा ठुलो मेला लाग्छ । जिल्लाको पाँचखाल नगरपालिका-९ स्थित उक्त पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिर मध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमासमेत परिचित छ ।
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ ।
हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालन गरिएको चार दिने निः शुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् ।
४५ सशस्त्र प्रहरीद्वारा कुस्मामा बञ्जीजम्प
सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुस्माको द क्लिफमा बञ्जी जम्प गर्नुभएको छ ।
प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबानीकै बिचमा सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यावाद दिने प्रस्ताव निर्माणार्थ पेस गर्नुभएको हो ।
संसद्मा कांग्रेसको अवरोध कायमै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलो पटक सङ्गठनको प्रतिनिधित्व गर्नुहुँदै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
स्थानीय विवाद सामूहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो ।
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दामा सुनुवाइ जारी
सर्वोच्च अदालतमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिटमा सुनुवाइ जारी छ ।
संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउने विषयमा जुटेन सहमति
सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन बसेको बैठक बिना निष्कर्ष सकिएको छ ।
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ
चितवन, जेठ ८ गते । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका–६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीको ९बर्दघाट सुस्तापूर्व० को कावासोती नगरपालिका–१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका–१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका–४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका–१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी छन् ।उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उक्त खाग विसं २०७२ साल चैतमा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा फेला परेको उल्लेख छ । पुनका अनुसार पक्राउ परेका छविलाल परियार र कावासोती नगरपालिका–१५ का भैरव थापाले घाँसदाउरा गर्न भनी गएको बखत वन क्षेत्रमा एकसिङ्गे गैँडा मरी सडिगलेको अवस्थामा देखेपछि दुईजना मिलेर मृत गैँडाको खाग चोरी गरेको अनुसन्धानबाट खुलेको छ । निजमध्ये थापाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । खाग खरिदबिक्रीमा संलग्न रहेको खुलेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएका अर्का एक व्यक्ति भनेर फरार छन् । पक्राउ परेका र फरार रहेका गरी सातजनालाई प्रतिवादी बनाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) खरिद तथा बिक्री मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) ऐन, २०२९ को दफा ५ १() को (क) र दफा २६ (१) को विरुद्धको कसुर गरेको निकुञ्जको ठहर छ । उनीहरूलाई सोही ऐनको दफा २६ (१) बमोजिम सजाय माग गरी जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको निकुञ्जका संरक्षण अधिकृत पुर्जा पुनले जानकारी दिनुभयो । रासस
चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री
प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो ।
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।