दोहोरो नागरिकता दिने प्रशासकीय अधिकृत पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशी नागरिकका लागि नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।
सुख्खायाम सुरु भएसँगै बढ्यो वन डढेलोको घटना
पछिल्लो समय देशका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै ढडेलो तथा आगलागीका घटना पनि बढेको हो । नेपालमा आगलागीका घटना प्रायः बैशाखको दोस्रो साताबाट बढी हुनेगरेको मानिन्छ ।
विकट गाउँ ठोट्नेरीमा सामुदायिक भवन
विकट गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चे ठोट्नेरीमा भवन निमार्ण भएको छ । उक्त भवनको पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले एक कार्यक्रमका बिच उद्धघाटन गर्नु भएको छ ।
धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु
धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।
कामपाले सुरु गर्यो प्राचीन नाम पुनरुत्थान कार्य
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको कामपाले जनाएको छ ।
यो फेरबदलले धेरै ठूलो समस्या ल्याउँदैन : प्रवक्ता सापकोटा
सत्ता समीकरण बदलिएसँगै मुलुकको राजनीति नयाँ अवस्थामा प्रवेश गरेको छ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत राजनीतिक उपलब्धिमाथि असान्दर्भिक छलफल भएको ठहर गरेको छ ।
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँ बन्दिपुर नगरपालिका–५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सुन जाँचबुझ आयोगकाे सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी [तस्करी] नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ ।
बाबुछिरी क्लाइम्बिङको उपाधि सिर्जना र तेन्जिङको पोल्टामा
स्वर्गीय बाबुछिरी शेर्पा खुल्ला क्लाइम्बिङ प्रतियोगिताको उपाधि सिर्जना तामाङ र तेन्जिङ राईले जितेका छन् । महिला तर्फ तामाङ र पुरुष तर्फको राईले उपाधि हात पारेको हो ।
संसदमा जनताका मुद्दा निरन्तर उठाउने गरेको छु : सांसद मोदी
संसदकाे अनुभव जति बसे पनि नयाँ भई नै रहन्छन् । संसद् एउटा खुला विश्वविद्यालय हो । संसद् एउटा सिक्ने विषय नै हो । किन भने त्यहाँ प्रत्येक कार्यकालमा फरक फरक प्रकृतिका फरक फरक दृष्टिकोण राख्ने सांसद, जनप्रतिनिधि आउनुहुन्छ । जनताका विषयवस्तु, जनताका आवाज, नीति निर्माणमा पहुँच पुर्याउन भूमिका खेल्ने सर्वोच्च ठाउँ सार्वभौम संसद् नै हो ।
गैँडा आन्तरिक स्थानान्तरणको तयारी
चितवन राष्ट्रिय निकुञ्जमा अन्तरिक रूपमा गैँडाको स्थानान्तरण सुरु गरिएको छ । सुरक्षा र वंश विस्तारका लागि निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । बासस्थानको दृष्टिले निकुञ्जको पूर्व र पश्चिम अनुकूल भए पनि पश्चिम क्षेत्रमा गैँडा धेरै भएकाले पूर्वतर्फ स्थानान्तरण गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।
लघुवित्त पीडितसँग सरकारको आजपनि वार्ता हुने
आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग विहीबार साँझ छलफल गरेको र आज (शुक्रबार) बिहान पुनः बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ ।
खगेन्द्र नवजीवन केन्द्रमा बेथिति : प्रतिवेदन
नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक भएको छ । केन्द्रमा भएको अनियमिततासम्बन्धमा गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन चरणमा छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले केन्द्रमा भएको अनियमितता अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले बुझाएको प्रतिवेदन तीन महिनाभित्रै पूर्ण रूपमा कार्यान्वयन गरिने प्रस्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, “प्रतिवेदन सार्वजनिक गरिएको छ । उच्चस्तरीय समितिको प्रतिवेदनमा अनियमितता भएको प्रस्ट छ । तत्काल कार्यान्वयन अघि बढाएर तीन महिनाभित्र काम सम्पन्न गरिने छ । सुधारका प्रयासमा समस्या भए त्यसपछि अर्को स्टेप चालिने छ।”
तस्बिरमा सम्यक महादान
ललितपुरमा हरेक पाँच वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व बिहीबार सम्पन्न भएको छ।
२५ औँ फ्लोरा एक्स्पो (फोटो फिचर)
काठमाडौँको भृकुटीमण्डपमा ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ बिहीबार एक्स्पो सुरु भएको हो।
क्यान्सरपीडित शेर्मालाई फोनिजको सहयोग
क्यान्सरपीडित कविन्द्र शेर्मालाई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) केन्द्रले आर्थिक सहयोग प्रदान गरेको छ । शेर्मालाई आज फोनिजका अध्यक्ष गजुरधन राईले सो सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
एचआइभी सङ्क्रमित बालबालिकालाई सामाजिक सुरक्षामा जोड्न आग्रह
प्राणघातक रोग एचआइभी-एड्सबाट सङ्क्रमित बालबालिकाको राजधानीमा हालै सम्पन्न राष्ट्रिय भेलाले सरकारले व्यवस्था गरिरहेको सामाजिक सुरक्षा कार्यक्रममा एचआइभी सङ्क्रमित बालबालिकालाई पनि समेट्न आग्रह गरेको छ ।
डढेलो तथा अग्नि नियन्त्रण दस्ता गठन
चितवनको भरतपुर महानगरपालिका-१३ राइनोकुञ्जमा वन डढेलो तथा अग्नि नियन्त्रण प्रशिक्षण कार्यक्रम गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको आयोजनामा बेलसहर मध्यवर्ती सामुदायिक वनको परिसरमा प्रशिक्षण दिइएको हो ।
सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘पल्लवित पाइला’ सार्वजनिक
नवसर्जक कृशु अर्यालको कविता कृति सार्वजनिक भएको छ । बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो ।
स्काभेटरमा आगलागी हुँदा ७० लाख बराबरको क्षति
मकवानपुरको भीमफेदी गाउँपालिका ३ स्थित कटुसघारीमा स्काभेटरमा आगलागी हुँदा पूर्ण क्षति भएको छ ।
प्रतिनिधि सभा बैठक : गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ ।
जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न बृहत् रणनीति आवश्यक: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत् रणनीति आवश्यक पर्ने बताउनुभएको छ ।
मुख्यमन्त्रीमा तीन पार्टीको दाबी
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा वर्तमान मुख्यमन्त्रीको निरन्तरता कि परिवर्तन भन्ने बहस चलिरहेको छ । केन्द्रमा सत्ता गठबन्धनमा सहभागी दलहरूमध्ये तीन दलले यस प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् ।