• १३ साउन २०८१, आइतबार

स्काभेटरमा आगलागी हुँदा ७० लाख बराबरको क्षति

blog

फाइल तस्बिर ।

राममणि दाहाल

हेटौँडा, चैत १ गते । मकवानपुरको भीमफेदी गाउँपालिका ३ स्थित कटुसघारीमा स्काभेटरमा आगलागी हुँदा पूर्ण क्षति भएको छ । सारम्स बालुवा उद्योगमा क्रसरको काम गर्ने क्रममा डि.एस.कन्ट्रक्सनको बा १ क ६६८७ नं. को स्काभेटरले ग्रावेल पन्छाउँदै गर्दा स्काभेटरको हाइड्रोलिक पम्पमा अचानक आगलागी भएर क्षति पुगेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।

स्काभेटरमा भएको आगलागी गए राति करिब ९ः०० बजेको समयमा प्रहरी, स्थानीय बासिन्दा र हेटौँडा उपमहानगरपालिकाको दमकलको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । 

प्रहरीका अनुसार आगलागीबाट स्काभेटर पूर्णरुपमा जलेर नष्ट भएको र करिब ७० लाख रुपियाँ बराबरको क्षति भएको छ ।