• १५ वैशाख २०८१, शनिबार

तस्बिरमा सम्यक महादान

blog

सम्यक महादान पछि आफ्नो स्थानमा फर्किँदै तस्बिर : मनोजरत्न शाही

ललितपुर, चैत १ गते। ललितपुरमा हरेक पाँच वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व बिहीबार सम्पन्न भएको छ। बुधबार साँझ ६ बजे विभिन्न बहाल र बहिलमा रहेका बोधिसत्त्व, दिपंकर तथागत तथा देवीलाई स-सम्मान बाजागाजाका साथ पाटनको मंगलबजारमा ल्याइएको हो। मंगलबजारबाट नागबहालमा लगेर दिनभर भक्तजनको लागि दर्शन गर्न दिइएको थियो।

दिनभरको विधिवत् पूजा तथा दर्शनपछि साँझ विधिवत् पूजाआजा गरेर आ–आफ्नो स्थान फर्काइएको हो। अब फेरि पुनः पाँच वर्षपछि यस सम्यकको आयोजना हुनेछ। 

सम्यक महादान काठमाडौँमा १२ वर्ष र पाटनमा पाँच वर्षको अन्तरालमा गरिन्छ भने भक्तपुरमा माघे सङ्क्रान्तिको दिन  गरिँदै आएको पाइन्छ। काठमाडौँ उपत्यकाका विभिन्न विहारमा राखिएका करिब एक सय ४० वटा बुद्ध नागबहालको सम्यक् महादान पर्व मनाउन राखिएको हो। 





Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।