राप्रपा केन्द्रीय समितिको बैठक आह्वान
पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि सर्यो
आइतबार विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठकको समय सरेको जानकारी गराउनुभएको हो ।
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मस्तिष्कघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भएपनि नेपालमा यो समस्या युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताउनुभएको छ ।
संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी
ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरूप बन्दै गएका छन्।
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ ।
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ ।
चितवनको विद्युत् समस्या अन्त्य हुँदै
पश्चिम चितवनको देवनगरमा निर्माण भएर पनि सञ्चालन हुन नसकेको विद्युत्को सबस्टेसन शनिबारबाट सञ्चालन भएको छ । शनिबार भरतपुर महानगरपालिका
कृषि उपज केन्द्र निर्माण
दोलखाको शैलुङ गाउँपालिका–५, गैराघर टोलमा २५ लाख रुपियाँमा कृषि उपज सङ्कलन केन्द्र निर्माण सुरु भएको छ । वडामा बाँझिँदै गएका ज
विदेशमा रहेका नेपालीमाथिको विभेद हटाउन आग्रह
विदेशमा रहेका नेपालीमाथि विभेद भएको भन्दै त्यहाँ रहेका पत्रकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गुनासो गरेका छन् ।
विनियोजन विधेयकमाथिको छलफल आजदेखि
बागमती प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आज आइतबारबाट छलफल सुरु हुने भएको छ ।
९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
चितवन राप्ती नगरपालिका ७ वीरेन्द्र नगरकी ९७ वर्षीया तमिसरा पुनमगरको जटिल शल्यक्रिया सफल भएको छ । उमेरका हिसावले असम्भव जस्तै देखिएको पुनमगरको स्तनको क्यान्सरको शल्यक्रिया भएको हो ।
नेवाः आर्टमा उचुष्म जम्बलका विविध रूप
नेवार समाजमा ख्याक र उचुष्म जम्बललाई मिथक, परम्परा र संस्कृतिका रूपमा लिइन्छ । धन, सम्पत्ति, वैभव प्रदान गर्ने देवताका रूपमा पुजिने उचुष्म जम्बल (कुवेर) का विविध स्वरूप छन् । उचुष्म जम्बलका यिनै विविधतालाई समेटेर कुपण्डोलस्थित पूर्ण म्युजिय अफ नेवाः आर्टमा शनिबारदेखि प्रदर्शनी सुरु गरिएको छ ।
कान्स रेड कार्पेटमा बालेन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७ औँ शृङ्खलाको रेड कार्पेटमा सहभागी हुनुभएको छ । प्रमुख शाह कालो दौरा–सुरुवाल, कालो कोट र भक्तपुरे कालै टोपीमा ठाँटिएर रेड कार्पेटमा सहभागी हुनुभएको थियो । कान्स सहरका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पुग्नुभएका प्रमुख बालेनले फेस्टिभलकै क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशक एरिस क्लोनबोवसँग भेटवार्ता गर्नुभएको छ । विश्वकै उत्कृष्ट फिल्म फेस्टिभलका रूपमा कान्सलाई लिइन्छ । बिहीबार बेलुका कान्समा फ्रान्सिस फोर्ड कोप्पोलाको चलचित्रको प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा निर्देशक कोप्पोला, सुपर स्टार एडम ड्राइवर, बलिउड अभिनेतृ ऐश्वर्या राय पनि सहभागी हुनुभएको थियो ।
मौसमः देशभर हल्कादेखि मध्यम वर्षा
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।
चौध वर्षमा बदलिएको दिन, ९७ वर्षीय महिलाको सफल शल्यक्रिया
जेठ ४ गते वरिष्ठ क्यान्सर शल्यचिकित्सक डा. भक्तमान श्रेष्ठका लागि कालो दिन हो । १४ वर्षअघि जेठ ४ गतेकै दिन तत्कालीन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठ अपहरणमा पर्नुभएको दिन थियो त्यो तर आफू अपहरणमा परेको १४ वर्षपछिको जेठ ४ गतेको कालो दिन उहाँले जीवनमा सम्झनलायक दिन बन्यो ।
बागमतीबाट २१ हजार मेट्रिक टन फोहोर सङ्कलन
बागमती सफाइ महाअभियान अन्तर्गत अहिलेसम्म २१ हजार मेट्रिक टन फोहोर सङ्कलन गरी सोको व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको ११ वर्षको अवधिमा यतिको परिणाममा फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको हो । त्यसै गरी सो अवधिमा बागमती नदी किनारमा छ हजार बिरुवा रोपी हुर्काएको जानकारी गराइएको छ भने विभिन्न ठाउँमा १२ वटा पार्क निर्माण गरिएको छ । यस अवधिमा सफाइ महाअभियानमा १५ लाख मानिसको सहभागिता भएको छ ।
बागमती प्रदेश सभा : चार समितिको सभापति निर्विरोध
बागमती प्रदेश सभा अन्तर्गत रहेका पाँच वटा विषयगत समितिमध्ये चार वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्दै आएको बताउनुभएको छ ।
संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रुपमा व्याख्या गर्नुहुँदैनः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रुपमा व्याख्या गर्न नहुने बताउनुभएको छ ।
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धराशायी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सूत्रीय अभियानमा लागेको बताउनुभएको छ ।
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै
शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै नयाँ चलचित्रको प्रदर्शन गरिएको छैन । जेठमा दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै छन् । बाँकी तीन साता कुनै चलचित्रको प्रदर्शन तय गरिएको छैन ।
‘कोपिलाका सुगन्ध’ बजारमा
देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दुकुमारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ विमोचन गरिएको छ ।
‘पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ’
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताउनुभएको छ ।