• १३ साउन २०८१, आइतबार

हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

blog

पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालन गरिएको चार दिने निः शुल्क हार्डजोर्नी सर्जिकल शिविर । तस्बिर : रासस

दोलखा, जेठ ८ गते । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालन गरिएको चार दिने निः शुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् । 

रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईँ स्मृति अस्पताल  चरिकोट दोलखाको संयुक्त आयोजनामा भएको शिविरलाई मेड सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँच जनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेटिस्ट र पाँच जना नर्सले सेवा प्रवाह गरेका थिए । नेपाल अपाङ्ग सङ्घ अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ एनेस्थेटिस्ट चिकित्सक संयुक्त आचार्यका अनुसार दोलखाका विभिन्न स्थानका बिरामीहरूले सेवा लिएका बताउनुभयो । 

शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.रचित शर्माले  शिविरमा ३९ जनाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । शिविरमा सम्पूर्ण शल्यक्रियामा चाहिने उपभाेग्य सामग्री र औषधि निः शुल्क गरिएको डा.आचार्यको भनाइ छ । शिविरको एक कार्यक्रमबिच चिकित्सकको टोलीलाई धन्यवाद दिँदै समापन गरिएको पशुपति चौलागाईँ स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले बताउनुभयो । रासस