नारायणगढ-मुग्लिन सडकमा पहिरो, एकको मृत्यु
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिक पहिरो खसेर मेसिन अपरेटरको मृत्यु भएको छ ।
सञ्चार र सूचना प्रविधिमा गुणस्तरीय सेवा विस्तार
देशका ७५ जिल्लामा फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरेको छ भने हालसम्म २५ हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर विस्तार गरिएको छ । सरकारले नेपाल टेलिकममार्फत अधिकांश भू–भागमा दूरसञ्चार र अधिकांश वडा केन्द्रमा ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार गरेको हो ।
मनभित्रको निर्णय सिर्जनात्मक हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मनभित्रको अन्तरब्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुने बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्र ‘आचार्य’
विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले राससलाई जानकारी दिनुभयो । पुनः प्रदर्शनलाई लक्षित गर्दै चलचित्रको नयाँ प्रचार सामग्रीको रूपमा इन्टरनेटमा श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ ।
शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ : मन्त्री शर्मा
बाइसौँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सरकारको आम्दानीको स्रोत खुम्चिँदै
चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिना बाँकी हुँदा बागमती प्रदेश सरकारको आय लक्ष्यको ५० प्रतिशतभन्दा कम छ । प्रदेश सरकारको राजस्वका स्रोत खुम्चिँदै गर्दा आफैँले निर्धारण गरेको अनुदान र राजस्वको लक्ष्य पूरा नहुने देखिएको हो ।
पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु
पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।
देउवालाई भेट्न प्रधानमन्त्री बुढानीलकण्ठमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुग्नु भएको छ । उहाँहरूबिच सहकारीको रकम अपचलनको छानबिनका लागि गठन गर्ने कार्यदलको कार्यादेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
लापिलाङ–बाबरे सडकखण्ड कालोपत्रे सुरु
दोलखाको कालिञ्चोक गाउँपालिकाको उत्तरी क्षेत्रको मुख्य गाउँ लापिलाङ–बाबरे सडकखण्ड कालोपत्रेको काम सुरु भएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमार्फत सुनखानी–साङ्बा सडकको लापिलाङदेखि बाबरेसम्मको खण्डमा कालोपत्रेको काम सुरु भएको कार्यालयका इन्जिनियर प्रतीक पौडेलले जानकारी दिनुभयो ।
काठमाडौँका यी स्थानमा आजबाट विद्युत् अवरुद्ध हुने
आजबाट काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
चितवनमा एक छावाको जन्म
हात्ती प्रजनन केन्द्र खोरसोरमा हात्तीले छावाको जन्म भएको छ । प्रजनन केन्द्रमा रहेको कर्णाली कलीले शनिवार राति छावालाई जन्म दिएको हो ।
काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा
हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको बताएको छ ।
भएन कर्मचारीको व्यवस्थापन
सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेपछि विगत छ महिनादेखि केही कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा विभाग खारेज गर्ने घोषणा भएपछि गत मङ्सिरमा कर्मचारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा समायोजन गरिएको थियो तर विभाग खारेज भएको छ महिना पुग्दासमेत कर्मचारी व्यवस्थापन नहुँदा उनीहरू भूमिकाविहीन भएका हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोद दाहालका अनुसार यसरी जिम्मेवारी नपाएका कर्मचारीमा प्रशासनतर्फका तीन जना, लेखातर्फ एक जना अधिकृत र एक जना कार्यालय सहयोगी छन् ।
सामाजिक अनुसन्धान विषयक तालिम सम्पन्न
मदन भण्डारी मेमोरियल कलेजद्वारा सामाजिक अनुसन्धानु विषयमा आयोजित ३ दिने तालिम शनिवार सम्पन्न भएको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीका लागि सो तालिम आयोजना गरिएको थियो ।
विषादीको प्रयोगले दूषित बन्दै पानी
सूर्यविनायक नगरपालिका-७ र संवाहिका समाज नेपालको सहकार्यमा विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।
‘नेपाली जनताको चुलो बल्ने अधिकार सुनिश्चित हुनुपर्छ’
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नागरिकको लामो समयको बलिदान पश्चात् प्राप्त गणतान्त्रिक व्यवस्थामा नेपाली जनताको चुल्हो बल्ने अधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभएको छ ।
थारू नयाँ शब्दकोश लोकार्पित
थारु–नेपाली–अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधिसभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौधरीले एक कार्यक्रमबिच लोकार्पण गर्नुभयो ।
स्थानीय वायुको प्रभावका कारण छ प्रदेशमा वर्षा
स्थानीय वायुको प्रभावका कारण अहिले छ प्रदेशमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
ढल्केबर-इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
ढल्केबर-इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि
गणतन्त्र दिवसको सम्मान एवम् स्मरणमा मङ्गलबारदेखि राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको छ ।
२४ खर्ब हाराहारीमा सार्वजनिक ऋण
मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
चण्डेश्वरी र पलाञ्चोक जात्रा सम्पन्न
बनेपा र पाँचखालमा चण्डीपूर्णिमाका अवसरमा मनाइने ऐतिहासिक जात्रा सम्पन्न भएको छ । बर्सेनि चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने बनेपाको चण्डेश्वरी र पाँचखालको पलाञ्चोक जात्रा आज सम्पन्न भएका हुन् ।
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ ।
‘सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गर्छौ’
सङ्घीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका एक जना सदस्यले बताउनुभएको छ ।