वसन्त पराजुली
भरतपुर, जेठ १३ गते । हात्ती प्रजनन केन्द्र खोरसोरमा हात्तीले छावाको जन्म भएको छ । प्रजनन केन्द्रमा रहेको कर्णाली कलीले शनिवार राति छावालाई जन्म दिएको हो ।
केन्द्रका प्रमुख मनिपुरन चौधरीले कर्णाली कलीले स्वास्थ्य बच्चालाई जन्म दिएको जानकारी दिनुभयो । केन्द्रमा हात्तीको बच्चा जन्मनुलाई उत्सवका रूपमा लिइन्छ ।
केन्द्रमा अहिले सम्म यश अघि ६३ वटा बच्चा जन्मिसेकेको छ । यो वर्ष पनि केन्द्रमा थप नौ वटा ढोई गर्भवती छन् ।
केन्द्रमा अहिले जन्मिएको छावाको बाबु जङ्गली हात्ती रोनाल्डो हो ।