• ३ असार २०८१, सोमबार

प्रदेशको नीति तथा कार्यक्रम सोमबार

blog

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ १२ गते  । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी सोमबार आउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन भन्दै प्रदेश सभा सचिवालयलाई पत्राचार गर्नुभएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । 

प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार दिउँसो ३ बजे बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने गरी समय तालिका तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बागमती प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सोमबार सकिएको थियो । सरकारले विनियोजन  

विधेयकको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) का आधार नीति तथा कार्यक्रम ल्याउने प्रचलन छ । साथै नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट ल्याइन्छ ।

यसअघि प्रदेश सभा सदस्यले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा आधारित भएर आगामी आव २०८१÷८२ को नीति तथा कार्यक्रम आउने विश्वास व्यक्त गर्नुभएको थियो । 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकारले सुशासन र पारदर्शिता र उत्पादनमुखी कृषिलाई प्राथमिकतामा राखेर 

आगामी नीति तथा कार्यव्रmम र बजेट ल्याउने बताउनुभएको छ । 

उहाँले सन्तुलित र दिगो विकास, गरिबी निवारण र रोजगारीमा वृद्धि गर्नु नै प्रदेश सरकारको बजेटका सिद्धान्त, प्राथमिकता र कार्यक्रमको लक्ष्य रहेको चर्चा गर्दै प्रदेश सरकारले समान प्राथमिकता तथा आवश्यकता र औचित्यताका आधारमा बजेट विनियोजन गर्ने बताउनुभयो ।

कृषिमा प्राथमिकता 

हेटौँडा समाचारदाताका अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र ऊर्जालाई प्राथमिकता दिने बताउनुभएको छ । कारोबार दैनिकले शुव्रmबार हेटौँडामा आयोजना गरेको कारोबार आर्थिक बहस कार्यव्रmममा बोल्दै उहाँले प्रदेशको नीति तथा कार्यक्रममा उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने खालका योजनालाई प्राथमिकता दिइने स्पष्ट पार्नुभयो । 

समुदायमा आधारित पकेट क्षेत्रको मोडेल, पशुपालन र कृषिका लागि ६३ वटा स्थानीय तहले प्रस्ताव पेस गरिसकेको जानकारी दिँदै मुख्यमन्त्रीले प्रदेश सरकारको पहिलो प्राथमिकतामा कृषि रहेको बताउनुभयो । उहाँँले प्रदेशको एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य र एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उद्योग स्थापना गर्ने बागमती प्रदेश सरकारको योजना रहेको बताउनुभयो । लगानीको मोडेल बनाएर सरकार र व्यवसायीको संयुक्त लगानीमा काम गर्ने गरी आह्वान गरिने उहाँको भनाइ छ ।

प्रदेश सरकारले ग्रामीण भेगमा रहेका महिलालाई उद्यमशील बनाउने उद्देश्यले ३५ पालिकासँग गृहिणी महिला सशक्तीकरणका लागि सम्झौता गरिसकेको जानकारी दिनुभयो ।

हेटौँडा–काठमाडौँ जोड्ने चार वटा सडकको निर्माण कार्य धमाधम भइरहेको जानकारी दिँदै सिस्नेरीको कालोपत्रे हुने काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । प्रदेश सरकारको लगानीमा निर्माण भएको धुलो दुध कारखाना सरकार, सहकारी र निजी क्षेत्र संयुक्त लगानीमा सञ्चालन गरिने योजना रहेको बताउनुभयो । 

कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवाली सभाध्यक्षतामा भएको कार्यक्रममा नीति तथा योजना आयोगका प्राडा नरविव्रmम थापा, बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य कृष्ण कटुवाल, नेपाल ट्रक व्यवसायी महासङ्घका केन्द्रीय सदस्य बद्री चौलागाईं, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।