• ४ असार २०८१, मङ्गलबार

तीन पत्रकार सम्मानित

blog

तस्बिर:रासस

काठमाडौँ, जेठ १४ गते । गणतन्त्र दिवसका अवसरमा तीन पत्रकार ‘राष्ट्रिय सेवा सम्मान’द्वारा सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्रको माध्यमबाट नागरिकको सेवामा सक्रिय भूमिका निर्वाह गरेकामा चन्द्रलोक प्रतिष्ठानले राससमा कायरत सिवी अधिकारीसहित नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारी र श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गरेको हो ।

प्रतिष्ठानद्वारा आज आयोजित एक कार्यक्रमबिच मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको थियो । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी विगत १४ वर्षदेखि राससमा कार्यरत हुनुहुन्छ । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । सम्मानित बाला अधिकारी र जन्मदेव जैसी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।