• ६ वैशाख २०८३, आइतबार

घुम्ती शिविरमा एक सय तीनलाई सेवा

blog

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ६ गते ।
बिरुवा गाउँपालिकाले वडा नं –७ मा घुम्ती शिविर मार्फत नागरिकलाई सेवा प्रदान गरेको छ । एकैठाउँबाट नागरिकले विभिन्न सेवा लिन सकुन भन्ने उद्देश्यले गाउँपालिकाले एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । पालिकामा पुगेर लिनुपर्ने सेवा वडातहमै स्थानीयले सेवा पाएका हुन् ।

एकीकृत घुम्ती शिविरमा यो आर्थिक वर्षमा पहिलो पटक गरिएको हो । घुम्ती शिविरबाट १०३ जना स्थानीय लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिनुभयो । 

एकीकृत घुम्ती शिविरमा तीन जनाले नागरिकता सिफारीस, २९ जनाबाट राजस्व संकलन, दुई योजना सम्झौता, सात जनाले कृषि, २२ जनाले पशुसेवा, ९३ जनाले स्वास्थ्य, २७ जनाले आर्युवेद, २५ जनाले मनोसामाजिक परामर्श र एक जनाले ज्येष्ठ नागरिक परिचयपत्र सेवा लिएको अधिकृत उपाध्यायले बताउनुभयो । पालिकाका सबै वडामा पुगेर घुम्ती शिविर पालिकाको रहेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो ।