• ४ असार २०८१, मङ्गलबार

‘बालबालिका सम्बन्धी समस्याको प्रभावकारी समाधान खोज्न आवश्यक’

blog

काठमाडौँ, जेठ १४ गते । महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले बालबालिकाको क्षेत्रमा देखा परेका समस्याको प्रभावकारी समाधान खोज्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद् र एकीकृत हातेमालो समाज नेपालले काठमाडौँमा संयुक्तरुपमा आयोजना गरिएको  ‘बालबालिका सम्बन्धी कानुन कार्यान्वयनको अवस्था, समस्या र सुझाव : एक बहुपक्षीय अन्तरक्रिया कार्यक्रम’ मा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा बनेको सरकारमा यसका लागि कानुनको अभाव देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तीनै तहको सरकार बनेको छ, कानुनको अभाव देखिएको छ । सङ्घमा देखिएको कानुन स्थानीय तहमा कार्यान्वयनमा समस्या देखिएको छ । कानुन छ तर कार्यान्वयन हुन सकिरहेको छैन । सबै प्रत्यक्ष, अप्रत्यक्ष रूपमा कानुन कार्यान्वयन गर्न चुनौती देखा परिरहेको छ ।”

उहाँले प्रत्येक बालबालिकाका लागि स्वस्थ र सुरक्षित वातावरणको सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक बालबालिका स्वस्थ र सुरक्षित वातावरणमा हुर्कने वातावरणको सुनिश्चितता हुनुपर्छ । यी कानुन कार्यान्वयन गर्ने, प्रभावकारी समाधान खोज्न आवश्यक छ । बालबालिकाको अधिकार रक्षा गर्न धेरै कानुन बनाएका छौँ । अर्को महत्त्वपूर्ण चुनौती भनेको स्रोत अभाव छ ।”