राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने
चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।
सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती
सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ ।
प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन
सरकारले सुरक्षाकर्मीको उमेरहद अध्ययन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव एवम् कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।
महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्छ : मन्त्री चौधरी
हिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्ने बताउनुभएको छ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले महिलालाई हरेक क्षेत्रमा सहभागी गराउन जरुरी रहेको बताउनुभयो ।
स्ववियु परिषद् सभापतिमा बुढाथोकी
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् सभापति पदमा कोटेश्वर बहुमुखी क्याम्पस स्ववियु सभापति सञ्जय बुढाथोकी चयन हुनुभएको छ ।
खेलकुद मन्त्रीद्वारा त्रिवि क्रिकेट मैदान निरीक्षण
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्नुभएका छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले त्रिवि मैदानको अहिलेको अवस्था र तत्काल स्तरोन्नति गर्नुपर्ने विषयमा विस्तृत रूपमा जानकारी गराउनुभयो ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तथ्यमा आधारित बजेट ल्याउँदा धेरै आलोचना भएन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेका बताउनुभएको छ ।
गणतन्त्र प्राप्तिपछि मुलुकको विकासले गति लिएको छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताउनुभएको छ ।
नदीमा जलसतह बढेपछि विद्युत निर्यात सुरु
खोला तथा नदीमा पानीको बहाव क्रमिकरुपमा बढेसँगै देशभित्रका जलविद्युत गृहबाट विद्युत उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ ।
हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन ल्याउने लक्ष्य पूरा हुन सक्दैन : नाट्टा
नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ ।
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ ।
नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताउनुभएको छ ।
धितोपत्र माग सिर्जनाका विकल्प
नेपालको धितोपत्र बजार सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तहका नागरिकको पहुँचमा पुगेको अवस्था छ । प्रविधिको प्रयोग, नियमकका प्रयास र राज्यको नीति तथा कार्ययोजनाले गर्दा ६२ लाखभन्दा बढी लगानीकर्ता डिम्याट खाता खोलेर धितोपत्र बजारमा कारोबार गरिरहेका छन् ।
भीमफेदी दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो
भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी
नेपाल भाषाको पत्रकारिताको इतिहास सय वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजना तथा सार्क जर्नलिस्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा सो कार्यक्रम हुने भएको हो ।
दुईदिने भिक्टोरी नागरिक वैज्ञानिक वर्षा अनुगमन तालिम सम्पन्न
दोलखाको भीमेश्वर नगरपालिकाको समन्वय, एडिपिसीको आर्थिक सहयोग र आइएचआर एसफोर डब्लुको प्राविधिक सहयोगमा सञ्चालित दुई दिने भिक्टोरी नागरिक वैज्ञानिक वर्षा अनुगमन तालिम सम्पन्न भएको छ ।
कांग्रेस अहिले सरकारमा जाँदैन : नेता निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताउनुभयो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रममाथि बागमती प्रदेश सभा बैठकमा छलफल भइरहेको छ ।
सबै जनप्रतिनिधिले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुभएको छ : सिर्पाली
संसदीय अभ्यास आफ्नो देशको समाज, परिस्थिति र परिवेशानुसार सञ्चालन हुन्छ । संसद्मा ऐन, नियम र कानुन जसरी बनेका छन् त्यहीभित्र रहेर अभ्यास गर्ने हो । धेरै कुरा परिस्थितिमा निर्भर हुन्छ । सबै जनप्रतिनिधिले प्राप्त जिम्मेवारी र भूमिकालाई इमान्दारीपूर्वक निर्वाह गर्नुभएको छ ।
बैङ्ककमा निर्यात प्रवर्द्धन कार्यक्रम
थाइल्याण्डको राजधानी बैङ्ककस्थित नेपालको राजदूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनका निम्ति थाइ उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।
नेपाल र अमेरिका भिड्दै
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ ।
‘जलवायु वित्त ल्याउन नेपालको कडा मिहिनेत आवश्यक’
जलवायु परिवर्तनको उच्च जोखिममा परेको नेपालले जलवायु वित्त ल्याउनका लागि निरन्तर मिहिनेत र प्रयास गर्नुपर्नेमा दातृ निकायका प्रमुखहरुले आग्रह गरेका छन् ।