अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु
नेपालमा कुखुरापालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिको प्रयोग भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले भरतपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा आयोजना भएको सो प्रदर्शनीको एक कार्यक्रमका बिच भरतपुर महानगरकी प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख दाहालले पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्ने बताउनुभयो । “कृषिको प्रचुर सम्भावना भएको ठाउँ हो । पोल्ट्रीको त राजधानी नै भयो । अबको हाम्रो कार्यक्रम कृषि र पोल्ट्रीमै केन्द्रीकृत गर्ने हो,” उहाँले भन्नुभयो ।
व्यापार एकीकृत रणनीतिले पहिचान गरेका वस्तुको निर्यात अभिवृद्धि गरिने
नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका वस्तुको निर्यात अभिवृद्धि गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत हाल उच्च परिमाणमा निर्यात भइरहेका गलैँचा, कार्पेट, धागो, तयारी कपडा, सिमेन्टलगायतका वस्तुको निर्यात अभिवृद्धि गरिने घोषणा गरिएको हो । स्वदेशी श्रम र कच्चा पदार्थमा प्रयोग गरी श्रम र कच्चा पदार्थको प्रयोग गरी कम तौल र उच्च मूल्य भएका वस्तु उत्पादन गरी निर्यात गरिने छ । पहिलो चरणमा कफी, अलैँची, चिया र हिमालयन वाटरको ब्रान्डिङ गरिने बजेटमा उल्लेख गरिएको छ । व्यापारजन्य र प्रविधिको विकास तथा उपयोग गरी उत्पादन र व्यापार लागत घटाउँदै नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने छ ।
करोडौँको निर्वाचन सामग्री प्रयोगविहीन
आवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका करोडौँ रुपियाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन भएको छ । ती सामग्री अहिले निर्वाचन आयोगमा थन्किएका छन् । आयोगमा मौज्दात हुँदाहुँदै भारी परिमाणमा कागज, मसीलगायतका सामग्री खरिद गरिएको र ती सामग्री प्रयोगविहीन अवस्थामा रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औँल्याएको छ । कार्यालयको प्रतिवेदन अनुसार आवश्यकताभन्दा बढी परिमाणमा मतपत्र छाप्ने कागज खरिद गर्दा आयोगमा १२ करोड ४३ लाख रुपियाँ बराबरको कागज प्रयोगविहीन अवस्थामा छ । निर्वाचनपूर्व नमुना मतपत्र छाप्न खरिद गरिएको एक करोड ३३ लाख ३३ हजार रुपियाँ बराबरको मसी पनि प्रयोग नभएको प्रतिवेदनमा उल्लेख छ ।
'कानुन निर्माणका लागि सुझाव संकलन गर्ने तयारी गरिएको छ'
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानुन निर्माणका लागि आमरुपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताउनु भएको छ । शुक्रवार मन्त्रालयमा कानुन विषय लिएर अध्ययनरत विद्यार्थीसँग छलफल गर्दै मन्त्री गिरीले सो कुरा बताउनुभएको हो ।
सहमतीमा नै बजेट आउँछ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको नीति तथा कार्यक्रमका आधारमा सहमतिअनुसार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आउने बताउनुभएको छ ।
‘समझदारी र सहकार्यबाटै राजनीतिक समस्या समाधान हुन्छ’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सबै नेताहरुविच छलफल र सहकार्य गरी अघि बढेमा राजनीतिक समस्या समाधान सहज रहेको बताउनुभएको छ ।
बागमतीमा प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफल सकियो
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।
सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाइनेछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्वन्धि कानुनलाई समावेशी बनाइने बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पाचौँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित ‘आमसञ्चार माध्यम र समावेशीकरण’ विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘श्रमाधान मेलाले लाखौं युवा श्रमिकलाई रोजगार बनाउँछ’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेलाले लाखौं युवा जनशक्तिलाई रोजगार र त्यसबारे ज्ञान प्रदान गर्ने बताउनुभएको छ ।
विमानस्थल सञ्चालनबारे संसदीय समितिलाई जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी विकास गुरुयोजनाका समस्या र भावि कार्यदिशाबारे संसदीय समितिलाई जानकारी गराएको छ ।
कामपाको श्रम बैङ्कमा चार हजार बढीको आवेदन
काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ ।
प्रहरी महानिरीक्षकद्वारा प्राप्त जिम्मेवारी पूरा गर्न निर्देशन
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्टरुपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारी थप सिर्जनशील बन्न निर्देशन दिनुभएको छ ।
त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ ।
किसानलाई मिनिटिलर प्रदान
सुनकोशी गाउँपालिकाको ५० प्रतिशत अनुदानमा दुई सय १० जना कृषकलाई मिनिटिलर (हाते ट्याक्टर) उपलब्ध गराएको छ ।
स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिने : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औँल्याउनु भएको छ ।
सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी खुल्यो
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थितको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनको ड्याम माथितिर गएको सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी खुलेको छ ।
सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
होटल सङ्घले चीनमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गर्दै
चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल सङ्घ नेपालले चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालको सामुदायिक वन अवधारणाले प्रतिष्ठा कमाएको छ : मन्त्री सुडी
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताउनुभएको छ ।
जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्नुपर्नेमा जोड
जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै सङ्कटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ ।
‘सरकारी मिडियाको पुँजी भनेकै पाठकको विश्वास हो’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मिडियाको सबैभन्दा ठूलो पूँजी पाठक, स्रोता र विश्वास भएकाले त्यसका लागि गोरखापत्र संस्थानका प्रकाशन जहिले चनाखो हुनुपर्ने बताउनुभएको छ ।
सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गर्नुभयो ।
'संस्थाका लागि 'सीईओ'को भूमिका महत्त्वपूर्ण हुन्छ'
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनैपनि संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले आफ्नो भूमिका कौशलताका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक संसदीय समितिबाट पारित
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ ।