छुवाछूतमुक्त राष्ट्र घोषणाको अठार वर्ष, समुदायले अनुभूत गर्न सकेन
नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष पूरा भयो । जनआन्दोलन २०६२/६३ को सफलतापछि पुनस्र्थापित प्रतिनिधि सभाले २०६३ जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो तर घोषणाको १८ वर्ष पुग्दा पनि दलित समुदायमाथिको जातीय भेदभाव तथा छुवाछुत व्यवहारमा अन्त्य हुन नसकेको सरोकारवालाको भनाइ छ ।
जातीय विभेद अपराध
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध रहेको धारणा व्यक्त गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८१ को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन र जातीय छुवाछुत तथा विभेदविरुद्धमा दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन तिनै तहका सरकारी निकाय, राजनीतिक दल, सरकारी सङ्घ संस्था, नागरिक समाज र सञ्चारकर्मीलाई संवेदनशील हुन आह्वानसमेत गर्नुभएको छ ।
काँचुली फेरियो केशर महलको
उपत्यकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू तस्बिर तथा भिडियो खिच्नका लागि सुन्दर गन्तव्यस्थलको खोजीमा हुनुहुन्छ ? काठमाडौँ सहरको मध्य भागमा नयाँ भव्य गन्तव्यस्थल तयार भएको छ । त्यहाँ गई निःशुल्क थरी थरीका तस्बिर र भिडियो मज्जाले खिच्न पाइने छ । हो, केशर महलको पुनर्निर्माण पूरा भएको छ । यसको स्वरूप परिवर्तन भएर भव्य, सुन्दर र आकर्षक बनेको छ । त्यहाँ पुग्ने जोकोहीले पनि तस्बिर नखिची फर्किंदैनन् ।
पहिचान पक्षधर पत्रकारलाई समेट्न माग
नेपाल पत्रकार महासंघको निर्वाचनका लागि सूचीकृत गरिएका सदस्यतामा अदिबासी, मधेसी र दलित सदस्यहरुलाई छुटाइएको भन्दै तीन संस्थाका प्रमुखले आपत्ति जनाएका छन् । आइतबार तीन संस्थाका पदाधिकारीले सदस्यता विभेदरहित तरिकाबाट टुंगो लगाउन माग गरेका छन् ।
वातावरण दिवसको अवसरमा र्याली
विश्व वातावरण दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ र नागार्जुन समूहले संयुक्त र्यालीको आयोजना गरेको छ।
सफारी दुर्घटनामा छ जना पर्यटक घाइते
पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना पर्यटक घाइते भएका छन् । खैरहनी नगरपालिका-१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो ।
नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्
नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छिन् ।
गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
काठमाडौँबाट र्याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुग्नुभएको ज्योति श्रेष्ठले जीवनकै महत्त्वपूर्ण मज्जा अनुभव गर्नुभयो ।
मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
राष्ट्रिय सभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
मे महिनामा मात्र ९० हजार बढी पर्यटक नेपाल भित्रिए
नेपालमा मे महिनामा मात्र ९० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२४ को मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल भित्रिएका हुन् ।
सीप वर्ष घोषणाको तयारी
बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले सीप वर्ष घोषणाको तयारी गरेको बताउनुभएको छ।
जिप दुर्घटनामा ६ भारतीय पर्यटक घाइते
चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना ४ च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो ।
गोरखापत्रसँग हाम्रो सम्बन्ध प्रगाढ छ : प्रमुख खनाल
राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले गोरखापत्र संस्थानसँग आफूहरूको सम्बन्ध विज्ञापनमा मात्र नभई विभिन्न आयाममा रहेको बताउनुभएको छ ।
‘फोटो प्रदर्शनीले इतिहासको पुनर्ताजगी गराएको छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गोरखापत्रको फोटो प्रदर्शनीले इतिहासको पुनरताजगी गर्ने काम गरेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठक आज बिहान ११ बजेबाट सुरु भएको हो ।
‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो
काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।
एमाले मकवानपुर अध्यक्षमा पाँचको उम्मेदवारी
नेकपा (एमाले) मकवानपुरको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल, इन्द्रमान स्याङतान र रघुनाथ खुलालले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
जिगु धरतीः जिगु सर्गको लोकार्पण
कवि मंगलमान शाक्यको कविता संग्रह ‘जिगु धरतीः जिगु सर्ग’ (मेरो धरती, मेरो आकाश) शनिबार नेपालभाषा अकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाः लगायतले सामूहिक रुपमा लोकार्पण गर्नुभयो ।
काभ्रे उद्योग वाणिज्य सङ्घमा प्रताप बैद्य निर्वाचित
काभ्रे उद्योग वाणिज्य सङ्घको ४२ औँ साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि प्रताप बैद्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम अघि बढाएका हुन् ।
सालक संरक्षण गर्न साइकल यात्रा
५२ औं विश्व वातावरण दिवस २०८१ को अवसरमा सालक संरक्षणका लागि मकवानपुरमा साइकल यात्रा गरिएको छ ।
फिक्कलमा पन्ध्र शय्याको अस्पताल
फिक्कल गाउँपालिका–३, चनौटेमा १५ शय्याको अस्पताल निर्माण भएको छ । सङ्घीय सरकारको १० करोड रुपियाँ सहयोगमा २०७७ साल असारदेखि निर्माण सुरु गरिएको उक्त अस्पतालको निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो ।
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।