मनहरिमा तीन पक्की पुल निर्माण
पश्चिम मकवानपुरको मनहरिको विभिन्न स्थानमा निर्माण गरिएको पक्की पुल उद्घाटन गरिने भएको छ । मनहरि गाउँपालिकाले निर्माण गरेको तीन वटा पक्की पुल यही जेठ २६ गते उद्घाटन गर्ने तयारी गरिएको हो ।
राष्ट्रिय सरकार गठन गरौँ : सांसद पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राख्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
दलित समुदायलाई आरनको औजार सहयोग
जुगल गाउँपालिकाले दलित समुदायका आरनलाई प्रविधिमैत्री बनाउन औजार सहयोग गरेको छ । आरन सुधार अन्तर्गत उक्त पालिकाले आरनका औजार सहयोग गरेको हो ।
जलवायुजन्य विपद्का घटनामा उल्लेख्य वृद्धि हुने विज्ञको चेतावनी
जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत आठ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् ।
विपदमा जनजीवन प्रभावित हुन नदिन सरकारलाई सांसदको सुझाव
प्रतिनिधि सभाका सांसदहरुले वर्षातमा हुने बाढी, पहिरो र डुबानबाट जनजीवनलाई प्रभावित हुन नदिने गरी पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत
काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दबाब सहन सक्ने टिमले जित्छ : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबिचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताउनुभएको छ ।
दैलेखको नेपामा भूकम्प
दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर भूकम्प भएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिनुभयो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।
जलवायु परिवर्तनले गर्भवती महिला र बालबालिकाहरूमा बढी असर परेको छ: उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरूमा असर परेको बताउनुभएको छ ।
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो ।
एम्बुलेन्समा जिपिएस प्रणाली जडान
बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चार प्रणाली र प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) मार्फत एकीकृत एम्बुले
विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौँ महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ । टुँडिखेल, तीनकुने र हाँडी गाउँमा ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि महानगरपालिकाले यस्तो व्यवस्था गर्ने भएको जनाएको छ ।
महिलालाई भारतमा विक्री गर्ने सिलवाल तीस वर्षपछि पक्राउ
३० वर्षपछि मानव बेचबिखन मुद्दाका फरार प्रतिबादीलाई सिन्धुपाल्चोक प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ ।
पेवेल र सजिलो पेको बैंक खाता रोक्का
नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो ।
भ्रष्टाचार मुद्दामा धमाधम फैसला
सर्वोच्च अदालतले विचाराधीन भ्रष्टाचारका मुद्दामा धमाधम फस्र्योटको नीति अघि बढाएको छ । अभियान फाँट अन्तर्गतका मुद्दालाई प्राथमिकतामा राखेर विशेष अदालतबाट टुङ्गिएर विचाराधीन रहेका मुद्दाको फस्र्योटलाई सर्वाेच्च अदालतले प्राथमिकतामा राखेको हो । अदालतले आइतबार र सोमबार निरन्तर तीन वटा मुद्दाको सुनुवाइ सकेको छ । जसमध्ये एउटामा फैसला र दुई वटामा निर्णय सुनाउने मिति तोकेको छ । सर्वोच्चले अन्तिम किनारा लगाउन लागेका मुद्दा दुई दशक पुराना छन् ।
उखु कृषकको भुक्तानी तत्काल गर्न सांसद लामाको माग
नेकपा (एमाले) का सांसद तारा लामा तामाङले नेपाल सरकारले उखु किसानहरुलाई दिनुपर्ने भुक्तानी यथाशीघ्र प्रदान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार शुन्य समयमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।
‘अर्थतन्त्र विकासमा नीतिगत स्थिरता आवश्यक’
राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले अर्थतन्त्रको विकासका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८१–८२ का लागि तर्जुमा गरेको बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनु भएको हो ।
सडक दुर्घटना : सबैभन्दा बढी उपत्यका र मधेश प्रदेशमा
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यका र मधेश प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना भएको छ । आर्थिक वर्ष २०७८-७९ मा देशभर भएको जम्मा सवारी दुर्घटना सङ्ख्या २४ हजार ५३७ छ ।
नगर प्रमुखसहित नौ जनाविरुद्ध २६ करोडको भ्रष्टाचार मुद्दा
ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख गजेन्द्र महर्जनसहित नौ जनाविरुद्ध २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
लोकतन्त्रले थिचोमिचो स्विकार्दैन : पूर्व राष्ट्रपति डा.यादव
पूर्वराष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताउनुभएको छ । गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित तस्बिर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिनुहुँदै पूर्वराष्ट्रपति डा.यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताउनुभयो ।
पोल्ट्रीको अत्याधुनिक प्रविधि देखेर किसान दङ्ग
यहाँका धेरैजसो किसानले परम्परागतरुपमा कुखुरापालन गर्दै आएका छन् । केही ठुला व्यवसायी आधुनिक प्रविधितर्फ गए पनि पछिल्लो अत्याधुनिक प्रविधि नेपालमा अझै भित्रिएको छैन ।
‘देश र जनतालाई ध्यानमा राखेर बजेट आएको छ’
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेट देश र जनतालाई केन्द्रमा राखेर आएको बताएका छन् ।
प्रधानमन्त्री कप भलिबल : पुलिस र हेल्प नेपाल विजयी
नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा जीत हासिल गरेका छन् ।