पाखरखोलामा झोलुङ्गे पुल निर्माण
सुनकोशी गाउँपालिका ४,५ र ६ जोड्ने ९७ मिटर झोलुङ्गे पुल निर्माण गरिएको छ । उक्त पालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले उद्घाटन गर्नुभएको हो ।
बजेटमाथिको छलफलमा सांसदहरुको मिश्रित प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस वर्षको बजेटले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएको बताउनुभयो ।
जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक-दीर्घमा पुगे...
काठमाडौँको न्यु होली क्रस विद्यालयका छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रूपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि खुसी लागेको बताइन् ।
राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेस
सरकारले राष्ट्रिय सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रिय सभाको सोमबारको बैठकमा पेस भएको हो ।
प्रदेशमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्छः सांसद महतो
जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरुमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।
अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था
अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो ।
हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना
आमरुपमा हुलाकी भनेपछि झट्ट याद आउँछ–सन्देशवाहक । तराई–मधेशमा भने त्योसँगै जोडिन्छ, हुलाकी सडक ९राजमार्ग० । हुलाकीलाई सहज होला भनेर रेखाङ्कन गरिए पनि तत्कालीन समयमा यहाँका सीमावर्ती बस्तीलाई जोड्न योगदान गरेकाले पनि यहाँका नागरिक यी दुबैलाई छुट्याउन रुचाउँदैनन् । यिनको कहानी पनि मिल्दोजुल्दो छ ।
विवादकै बिच विभागले कालोपत्रे गर्यो नयाँ सडकको खाल्डो (फोटो फिचर)
काठमाडौं, जेठ २१ गते। फुटपाथ बढाउनका लागि काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गरेको छ । काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ मा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशालबजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि विभागले आफैं कालोपत्रे गर्न थालेको हो । सडक विभागले पिच गर्न थालेपछि सोही विषयलाई लिएर सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ ।
वैतेश्वरमा बजार अनुगमन
दोलखाको जिल्लाको वैतेश्वर गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
देशका विभिन्न भागमा विद्युत कटौती गरेकोमा सांसदको आक्रोश
देशका विभिन्न सहरहरूमा विद्युत कटौती हुने गरेकोमा सांसदहरूले आपत्ति जनाएका छन् । तराई, मधेशमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत आपूर्ति पनि कटौती गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले आक्रोश व्यक्त गरेका हुन् ।
सौराहालाई हनिमुन सिटी बनाऔँ : सांसद गुरुङ
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गर्नुभएको छ ।
प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’ गीतसङ्ग्रह प्रकाशित
गीतकार डा हेमन्त खतिवडाद्वारा लिखित हिन्दी गीतसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ (कस्ता रमाइला मेरा प्रिय) प्रकाशन भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटिएको छ ।
प्रतिनिधि सभामा दुई प्रतिवेदन प्रस्तुत
प्रतिनिधि सभामा सरकारले दुई वटा प्रतिवेदन प्रस्तुत गरेको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिम “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०” पेस गर्नुभयो ।
संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश
प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ ।
सुनको मूल्यमा झिनो गिरावट
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल रु एक लाख ४१ हजार निर्धारण भएको छ ।
कान्ति लोकपथ आजदेखि दैनिक तीन घण्टा खुल्ने
हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ सोमबारदेखि दैनिक तीन घण्टा खुल्ने भएको छ । सोमबार बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म कान्ति लोकपथ सडक खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ ।
स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क शिविर
जिल्लाको तामाकोसी गाउँपालिकामा स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
सिन्धुलीमा रित्तिँदै अन्न भण्डार
सिन्धुली जिल्लामा पछिल्लो समयमा खाद्यान्न उत्पादन हुने उर्वर भूमिमा बस्ती विकास बढेसँगै अन्न भण्डार रित्तिँदै गएको छ । जिल्लाको सदरमुकामलगायत गाउँपालिकाको केन्द्र भएको ठाउँका खेतीयोग्य जमिनलाई टुक्रा पारी घ
फिल्मसिटी निर्माण पर्यो ओझेलमा
राष्ट्रिय गौरव मानिएको दोलखाको भीमेश्वर नगरपालिका–९ लाँकुरीडाँडा स्थितको पर्यटकीय गन्तव्य समेत रहेको डाङडुङेको फिल्मसिटी निर्माण ओझेलमा परेको छ ।
अदालतको आदेशविपरीत जेब्राक्रस छेक्दै उपमहानगरपालिका
सडक वारपार गर्दा नागरिकलाई सहजताका लागि बनाइएको जेब्राक्रससमेत छेकेर हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० स्थित समिल रोडमा फलामको रेलिङ हालेर आवतजावतमा अवरोध सिर्जना गरेको छ । हेटौँडा उपमहानगरपालिका–१० को कार्यालयमार्फत स्थानीय बासिन्दा र यात्रुलाई आवागमनमा असहज हुने गरी जेब्राक्रससमेत छेकेर रेलिङ जडान गरिएको हो ।
अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेस गरिने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको आवधिक प्रतिवेदन पेस गर्ने तयारी सुरु गरेको छ ।
स्वामित्व नखुलेका सवारी साधन साढे १९ लाखमा लिलामी
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयमा वर्षौदेखि थन्किएर रहेका सरकारी तथा स्वामित्व नखुलेका बेवारिसे सवारी साधनहरु लिलाम बिक्री गरिएको छ ।
चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जनाएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस, वागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।