चित्र मिजार
सिन्धुपाल्चोक, जेठ २० गते । सुनकोशी गाउँपालिका ४,५ र ६ जोड्ने ९७ मिटर झोलुङ्गे पुल निर्माण गरिएको छ । उक्त पालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले उद्घाटन गर्नुभएको हो ।
सुनखानी-थुम्पाखर-पाखरखोला झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष कुमार बस्नेतले ५९ लाख ३४ हजार १ सय ६२ दशमलव २९ रुपियाँ लागतमा पुल निर्माण भएको जानकारी दिनुभयो । उक्त रकम मध्ये सुनकोशी गापाबाट ७ लाख ७१ हजार ४४१ रुपियाँ १० पैसा प्राप्त भएको थियो । एसडब्लुएपीबाट ४५ लाख ६४ हजार ४ सय ९३ रुपियाँ ९० पैसा पुल निर्माण लगानी भएको थियो ।
एक लाख १८ हजार ६ सय ८० दशमलव २५ पैसा श्रमदानबाट पुल निर्माण भएको छ । सो पुलबाट सुनकोशी गापाका २० हजार बढी जनसङ्ख्याले प्रत्यक्ष लाभ पुगेको छ । उक्त पुल निर्माणमा जनहित ग्रामीण सेवा समितिको प्राविधिक र सामाजिक सहयोग थियो ।