• २३ असार २०८२, सोमबार

स्वामित्व नखुलेका सवारी साधन साढे १९ लाखमा लिलामी

blog

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सरकारी तथा स्वामित्व नखुलेका बेवारिसे सवारी साधन । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ २१ गते ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयमा वर्षौदेखि थन्किएर रहेका सरकारी तथा स्वामित्व नखुलेका बेवारिसे सवारी साधनहरु लिलाम बिक्री गरिएको छ ।

धुलो र मैलोसहित वर्षौदेखि स्वामित्व नखुलेका कवाडीमा परिणत भएका सवारी साधन प्रहरी कार्यालयको सौन्दर्यतासमेत बिग्रने र काममा असहज हुने गरी थन्किएर रहेको थियो ।

सरकारी तथा स्वामित्व नखुलेका बेवारिसे मोटरसाइकललगायतका सवारी साधन लिलाम बिक्री गर्न प्रहरी केन्द्रीय कार्यालयबाट निर्देशन दिएसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयमा रहेका चार पाङग्रे दुई वटा र दुई पाङग्रेसहित १५९ वटा सवारी साधन लिलाम बिक्रीका गरिएको हो ।

गत वैशाख ७ गते बोलपत्र आह्वान गरिएकोमा ती सवारीका साधन मूल्य अभिवृद्धि करसहित १९ लाख ४३ हजार ९३४ रुपियाँ र ४७ सतचालिस पैसामा लिलाम भएका सवारी साधनहरु उठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।