ज्येष्ठ नागरिक ऐन आउँदै , आम्दानीको १० प्रतिशत आमाबुवालाई
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ज्येष्ठ नागरिक ऐनमा सन्तानले आफ्ना बुवाआमाका लागि आम्दानीको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभएको छ । सामुदायिक विकास तथा सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको स्थापना दिवस एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रममा मन्त्री चौधरीले छिट्टै नियमावली जारी हुने बताउनुभएको हो ।
हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत राख्ने निर्णयविरुद्ध दल
हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराखी छुट्टै सञ्चालन गर्नुपर्नेमा मकवानपुरमा क्रियाशील राजनीतिक दल एक मत भएका छन्।
‘बेलायतसँग हुने सातौँ चरणको वार्ता परिणाममुखी बनाइयोस्’
ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ ।
रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको छ ।
‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक
लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राष्ट्रनिर्माणमा विभिन्न समयमा योगदान पुर्याएका दलित समुदाय अग्रज व्यक्तित्वको जीवनीलाई जीवन्तरुपमा उतारिएको छ ।
राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित हुनु भएको छ । पार्टीको नवौँ जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ ।
बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जनप्रतिनिधि शासक होइन, सेवक बन्नुपर्छ : खानेपानी मन्त्री राई
खानेपानी मन्त्री राजेन्द्र राईले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने बताउनुभएको छ। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
महानगरका पूर्व प्रमुख शाक्य सम्मानित
काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख (मेयर) विद्या सुन्दर शाक्यसहित नेवार पत्रकार सम्मानित हुनुभएको छ । मातृभाषा संरक्षण तथा प्रवर्धनमा योगदान दिएको भन्दै उहाँहरूलाई सम्मानित गरिएको हो ।
पर्यटकको रोजाइमा सिमभञ्ज्याङ
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको सिमभञ्ज्याङ पर्यटकको रोजाइको गन्तव्य बनेको छ। वातावरण परिवर्तन सँगै अत्यधिक गर्मी बढेपछि यहाँ पर्यटक घुम्न आउने र समय बिताउनुका साथै फोटो खिचाउने गरेका छन् ।
परामर्श गरेर ल्याएको भए राम्रो बजेट आउँथ्यो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१–८२ को बजेटबारेमा पर्याप्त परामर्श हुन नपाउँदा धेरै महत्त्वपूर्ण विषय छुटेको बताउनुभएको छ ।
ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभएको छ ।
तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याउनुभएको छ ।
दुई सय १० कृषकलाई मिनिटिलर वितरण
सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका दुई सय १० कृषकलाई मिनिटिलर वितरण गरेको छ ।
वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न
अवैध सिकार तथा वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी शुक्रबार यहाँ सम्पन्न भएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
‘स्वस्थ नागरिकले मात्र राज्य निर्माणमा योगदान दिन सक्छन्’
स्वास्थ्य नागरिकले मात्र मुलुकको विकासमा योगदान दिनसक्ने बताइएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोङ्गबु नयाँ बसपार्कमा समाज उत्थान महिला मञ्चले आयोजना गरेको ‘एक दिने निःशुल्क आँखा’ शिविरका वक्ताले मानिस स्वस्थ्य रहे मात्र देशको विकासमा योगदान दिनसक्ने बताएका हुन् ।
किवी खेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी
शैलुङ गाउँपालिका ३ बिरौटाका हरि बहादुर कार्की किवी खेती सुरु गर्नुभएको पाँच वर्ष भयो । काठमाडौँमा होटल रेस्टुरेन्ट लगायत अरू व्यवसाय गर्दै आउनुभएका उहाँ अरू जिल्लामा किवी खेती गरेको देखेपछि उहाँलाई किवी खेती गर्न तर्फ आकर्षण बढेको थियो ।
सामाजिक सुरक्षा ऐनको कार्यान्वयन नहुँदा श्रम बजार भद्रगोल बन्यो : अध्यक्ष कुँवर
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताउनुभएको छ ।
चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल
चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो ।
ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन
विश्व बुबाआमा दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ मा शनिबारदेखि ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आएको छ ।
बजेट सुनिश्चित नगर्दा काममा प्रगति भएन
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा सुरक्षण मुद्रण केन्द्रका लागि सरकारले सालबसाली रूपमा आवश्यक पर्ने मुद्रण उपकरण खरिद गर्दासमेत छापाखाना निर्माणको काममा प्रगति हुन सकेको छैन । महालेखापरीक्षकको ६१
बागमती प्रदेशको नीति तथा कार्यक्रमका बहुमतबाट स्वीकृत
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बागमती प्रदेश सभा बैठकबाट बहुमतले स्वीकृत भएको छ ।