• १२ असोज २०८१, शनिबार

रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण

blog

नेपाल एकीकरणका काजी कालु पाँडे ।

काठमाडौँ, जेठ १९ गते । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा कीर्तिपुरको पहिलो लडाइँमा वि.सं.१८१४ जेठ १९ गते पाण्डेले वीरगति प्राप्त गर्नुभएको थियो । उहाँको समाधि स्थल चन्द्रागिरि नगरपालिका-१ दहचोकमा रक्षामन्त्रीको प्रमुख आतिथ्यमा आज स्मृति दिवस मनाइएको हो । 

सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्ण गोपाल श्रेष्ठ, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्द, स्थानीय जनप्रतिनिधिलगायत काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका पदाधिकारी तथा स्थानीय सहभागीता रहेको थियो । सरकारले काजी पाँडेको समाधीस्थल दहचोकमा वि.सं.२०७५ मा पूर्ण कदको सालिक निर्माण गरेको थियो । अघिल्लो वर्ष पाँडे स्मृति दिवसका अवसरमा सेनाले सोही स्थानमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको प्रधान सेनापति प्रभुराम शर्माले समुद्घाटन गर्नुभएको थियो । रासस