• ६ असार २०८१, बिहिबार

एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

blog

तस्बिर : रासस

काठमाडौँ, जेठ १९ गते । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भू-भागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ ।

नेपालको पूर्वी भू-भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, भनेको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमितरुपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ । रासस