सहकारी रकम हिनामिनाको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै
छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
तथ्याङ्कीय कार्यमा संलग्न निकायबिच समन्वय जरुरी : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकाय रुकाबिच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ ।
पशुमा पनि बाँझोपन
मानिसलाई जसरी नियमित रूपमा जाँच, औषधि उपचार, सरसफाइ आवश्यक पर्छ त्यसरी नै पशुलाई पनि ध्यान नदिने हो भने अनेकौँ रोगले सताउँछ । त्यस्तै सामान्य कुरामा ध्यान दिन नसक्दा नेपाली पशुपालक किसानले वार्षिक अर्बाैं रुपियाँ बराबरको क्षति बेहोरिरहेका छन् । नेपालका किसानले धेरै क्षति बेहोर्नेमध्येको एउटा समस्या बनेको छ पशुमा हुने बाँझोपन । पशु एकपटक ब्याउँछ अनि ब्याउँदैन । जसको कारण महँगोमा किनेर ल्याइएको भैँसीलाई सस्तोमा बेच्नुपर्ने अवस्था सिर्जना भएको छ ।
आज काठमाडौँको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने
काठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी महसुस गरिएको छ । विगत केही दिनदेखि बढ्दै गइरहेको यहाँको तापक्रम शुक्रबार ३३ डिग्री सेल्सियस पुग्नेछ ।
भिरबाट लडेर एकको मृत्यु
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ ओखर डाँडास्थित लाखुरेडाँडा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।
वन्यजन्तु जोगाउन नयाँ योजना
२०७४ सालमा राप्ती नदीमा आएको बाढीले बगाएर भारतीय भूमिमा पुगेका १३ वटा गैँडा नेपाल फर्काउन चितवन राष्ट्रिय निकुञ्जलाई सात वर्ष लाग्यो । उक्त बाढीमा परेर सयौँ जङ्गली जनावर मरे पनि केही बगेर भारतीय भूमिमा पुगे ।
मकवानपुरमा बस दुर्घटना : २० जना घाइते
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते हुनुभएको छ । शुक्रबार बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते हुनुभएको हो ।
सिन्धुलीमा रित्तिँदै अन्नभण्डार
सिन्धुली जिल्लामा पछिल्लो समय खाद्यान्न उत्पादन हुने उर्बर भूमिमा बस्ति विकास बढेसँगै अन्नभण्डार रित्तिँदै गएको छ ।
नेपालमा तीन वायुको प्रभाव, पाँच प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा तीन वायुको प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।
मध्यपुरमा लोकेश्वरको खट यात्रा
उपत्यकाका पाटन, काठमाडौँ, नाला र चोभारका मत्स्येन्द्रनाथ अर्थात् लोकेश्वर जस्तै मध्यपुर थिमिमा पनि लोकेश्वरको खट यात्रा शताब्दीदेखि हुँदै आएको छ । मध्यपुर थिमिको मरु टोलस्थित हेमवर्ण महाविहारमा लोकेश्वर राखिएको छ । यहाँका लोकेश्वरलाई पद्मपाणि लोकेश्वर भनिन्छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य घट्दा मलको बजेटमा कटौती
सरकारले रासायनिक मलको बजेटमा कटौती गरेको छ । चालु आर्थिक वर्षका लागि ३० अर्ब विनियोजन गरेको बजेट आगामी आवका लागि २७ अर्ब ९५ करोड रुपियाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा रासायिनक मलको मूल्य घटेका कारण बजेटमा कटौती गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । आगामी आवका लागि छ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य राखिएको छ । त्यो मल खरिद गर्न करिब २७ देखि २८ अर्ब रुपियाँ लाग्ने देखेर नै त्यति बजेट विनियोजन गरेको कृषि मन्त्रालयले जनाएको छ ।
श्रमिकका परिवारलाई औषधी उपचार सुविधा
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भई निरन्तरता दिने वैदेशिक रोजगारीमा गएका श्रमिक र अनौपचारिक एवं स्वरोजगार क्षेत्रका श्रमिकका परिवारलाई औषधी उपचार सुविधा दिने घोषणा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विराटनगरबाट बिहीबारदेखि सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले यसअघि २०७९ पुसदेखि औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान् या श्रीमतीलाई औषधी उपचार सुविधामा समेटेको कोषले १७ जेठदेखि कार्यान्वयन हुने गरी वैदेशिक रोजगारीमा गएका, विदेशमा स्वरोजगार र अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकका परिवारले औषधी उपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको जानकारी दिनुभयो ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक समितिबाट पारित
संवैधानिक परिषद्ले परिषद्का अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने व्यवस्थासहित संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । १३ महिनापछि समितिले विधेयकको दफावार छलफल सकेको हो । २०८० वैशाख १५ गते विधेयक छलफलका लागि समितिमा पठाइएको थियो ।
एकसट्ठी जिल्लामा डेङ्गु सङ्क्रमण
अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताउनुभयो । उहाँका अनुसार जनवरी (पुस–माघ) यता एक हजार सात जना डेङ्गुका बिरामी भेटिएका छन् ।
लिच्छविकालीन अभिलेख भेटियो
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, महादेवटारमा लिच्छवि लिपियुक्त शिवलिङ्ग भेटिएको छ । साबिक भोटसिपा गाविस वडा नम्बर ८ मा लिच्छवि लिपियुक्त शिवलिङ्ग आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा छ पङ्क्तिको प्राचीन अक्षर भेटिएको हो ।
राष्ट्रपति पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने
राष्ट्रपति रामचन्द्र पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने भएको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो ।
बनेपामा गाडी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका– ११ धनेश्वर नजिक डिआई गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला
यहाँ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन लागिएको हो ।
किम्फमा ‘डान्सिङ इन फायर’
नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र ‘डान्सिङ इन फायर’ काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज प्रदर्शन गरिएको छ ।
काठमाडौँ उपत्यकामा हावाहुरीसहित हल्का वर्षा
काठमाडौँ उपत्यकामा हावा हुरी, मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।
पशुपति क्षेत्रको गुरु योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
पशुपति क्षेत्रको गुरु योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने भएको छ । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पशुपति क्षेत्रको गुरु योजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट पारित भएको थियो ।
कृषि तथा पशुपन्क्षी बिमा निरन्तर रहने : कृषि मन्त्रालय
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले कृषि तथा पशुपन्क्षी बिमा निरन्तर रहने जनाएको छ । कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
विपिन जोशीसहित एक सय २५ जनाको रिहाइको माग
नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले अतिवादी समूह हमासले बन्दी बनाएका विपिन जोशीसहित एक सय २५ जनाको निःशर्त रिहाइको माग गर्नुभएको छ ।
कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन : अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताउनुभएको छ ।