• २३ असार २०८२, सोमबार

बनेपामा गाडी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

blog

दुर्घटनाग्रस्त गाडी।

केदार तिमल्सिना 

बनेपा, जेठ १७ गते। काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका– ११ धनेश्वर नजिक डिआई गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

बनेपा नगरपालिका–११ धनेश्वरबाट पाकुडोलतर्फ जाने भित्री सडकमा सिमेन्ट बोकेको बा ६ च ६३४० नम्बरको गाडी दुर्घटना हुँदा गाडी चालक पनौती नगरपालिका– ५ ढलमले बस्ने ५२ वर्षीय बद्री बोगटीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनुभएका बोगटीको उपचारको क्रममा बनेपास्थित शीर मेमोरियल अस्पतालमा बिहीबार साँझ करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

दुर्घटनामा जिल्लाको भुम्लु गाउँपालिका– २ बस्ने २३ वर्षीय विष्णु पहरी र २४ वर्षीय सुमन पहरी घाइते भएको प्रहरीले जनाएको छ।घाइते दुवैको अनुहार र ढाडमा चोट लागेको र उहाँहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।