अनिल पराजुली
हेटौँडा, जेठ १८ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ ओखर डाँडास्थित लाखुरेडाँडा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।
३५ वर्षीय कल्पना थिङको स्याङ्तानको बिहीबार भिरबाट खसेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । भिरबाट खसेको अवस्थामा महिलाको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।