सुनकोशीको डुङ्गामा सिक्का
दोलालघाटमा पुल बनेपछि सुनकोशी वारपार गर्ने परम्परागत डुङ्गा किनारमा त्यसै फालियो । जुन डुङ्गाले हजारौँ मान्छेका सपना सुनकोशीमा तारेको थियो । कलाकार रवीन्द्र श्रेष्ठले फालिएको डुङ्गा देखेपछि ट्रकमा राखेर काठमाडौँ ल्याउनुभयो । दोलालघाटदेखि राजधानीसम्म डुङ्गा ल्याउँदाको सङ्घर्ष कथा लामै छ । वस्तुको महत्व र तत्कालीन समयको झझल्को दिने गरी डुङ्गामा ८० किलो सिक्का राखिएको छ । कलाकार श्रेष्ठले भन्नुभयो, “नदी तर्न परम्परागत साधन डुङ्गालाई हाल मानिसले बिर्संदै गएका छन् । पछिल्लो पुस्ताले परम्परागत वस्तुको संरक्षण, संवर्धन गर्नु पर्छ भन्ने सन्देश दिन डुङ्गा र पुराना सिक्काको प्रदर्शनी गरेको हुँ ।”
शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ
नागरिकका गुनासो छिटो सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शासकीय सुधार एकाइ गठन गरिएको छ । मन्त्रालयका प्रशासन महाशाखा सहसचिव सुमन घिमिरेको नेतृत्वमा गठन गरिएको एकाइको सदस्यहरूमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शासकीय सुधार हेर्ने उपमहानिर्देशक, आर्थिक प्रशासन शाखा, योजना तथा बजेट शाखा र कानुन तथा फैसला कार्यान्वयन शाखाका प्रमुख सदस्य रहने मन्त्रालयले जनाएको छ ।
समुद्रसम्म आफ्नै फाइबर लिङ्क स्थापना गर्न सिफारिस
नेपालमा ब्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न गठित समितिले नेपाल भित्रिने ब्यान्डविथलाई व्यवस्थापन गर्ने सम्बन्धमा समुद्रसम्म आफ्नै फाइबर लिङ्क स्थापना गर्न सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष मङ्गलबार बुझाइएको प्रतिवेदनले हालको ब्यान्डविथको खपत र भविष्यको आवश्यकतालाई ध्यानमा राखेर सोको लागत, मर्मत सम्भार र प्रतिफलको विस्तृत विश्लेषण गरी समुद्रसम्म आफ्नै फाइबर लिङ्क स्थापना गर्न सिफारिस गरेको हो ।
अमेरिकामा ‘कन्सर्ट’ गरी ललितपुरको अनाथ आश्रमलाई सहयोग
अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एन्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ ।
गणतन्त्रपछि भौतिक पूर्वाधारले फड्को मारेको छ : सभापति राई
राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले गणतन्त्रप्राप्तपछि मुलुकको भौतिक पूर्वाधार विकासले फड्को मारेको बताउनुभएको छ ।
नेपाललाई मेडिकल टुरिजमको हब बनाउन नेपाल मेडिसिटीको पहल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले नेपालको पहिलो एनएबिएच सर्टिफाईड तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न अस्पतालको अवस्था बुझ्न नेपाल मेडिसिटी अस्पताल भ्रमण गर्नुभएको छ ।
निकुञ्जमा प्रकृतिका कारणले धेरै बाघ मरे
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ ।
राप्रपाले संसदमा अर्थमन्त्री खोजेपछि...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक आज १५ मिनेट स्थगन भयो ।
तत्कालीन शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप
दाङको श्री प्राथमिक विद्यालय, गलटाकुरीका तत्कालीन शिक्षक भीम कुमार डिसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ ।
बजेट उत्पादनमुखी छ : अर्थमन्त्री पुन
राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत राजस्व र आयव्ययको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको सुनाउनुभयो ।
'सिआन'लाई एक लाख पुरस्कार
लागूऔषध दुर्व्यसनीमा फसेका युवाहरूको सुधार तथा उपचारात्मक कार्यमा सक्रिय मकवानपुरको 'सिआन' पुन:स्थापना केन्द्रलाई एक लाख राशिसहित सङ्घीय सरकारको गृह मन्त्रालयले पुरस्कृत गर्ने भएको छ ।
सांसदहरूद्वारा सदनमा बजेटका विविध पक्षको मिहिन विश्लेषण
सत्तापक्ष र प्रतिपक्षका सांसदले आगामी आर्थिक वर्षको बजेटलाई मिहिन रूपमा विश्लेषण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको कर प्रणालीमा विरोधाभास देखिएको बताउनुभएको छ ।
रुखले च्यापिएर युवकको मृत्यु
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ मा घाँस काट्न गएका युवाको रुखले च्यापिएर मृत्यु भएको छ ।
पानीको कहानी बोकेर चुरेवासी माइतीघरमा
‘दूर दूर गेला पर भी पानी नही भेटैछ, आब कोना जीव ? ताहि लेल हम सब सरकारी घर (सिंहदरबार) मे विरोध करय लेल आयल छी ।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने ? त्यसैले धर्ना दिन हामी सरकारी घर (सिंहदरबार) नजिक आएका हौँ ।
विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अध्यक्ष लिङदेनको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
लण्डनमा मनाइयो २५६८ औँ बुद्धजयन्ती
संयुक्त अधिराज्य (बेलायत) को लण्डनमा २५६८ औँ बुद्धजयन्ती विविध कार्यक्रमसहित मनाइएको छ । बुद्ध फाउण्डेसन यूकेको आयोजनामा वुल्लीचको जनरल गोर्डन स्क्वायरमा सम्पन्न कार्यक्रममा गौतम बुद्धको सन्देश तथा पर्यटन प्रवर्द्धर्नात्मक सामग्रीहरु प्रदर्शनी गरिएको थियो ।
एमसिसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट
नेपालको भ्रमणमा रहनुभएका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ । उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।
बिना कारण औषधीजन्य सामग्री जफत गरे आन्दोलन गर्ने चेतावनी
कानुनअनुसार औषधी बेच्दा पनि जफत गरिएको भन्दै औषधी व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । मङ्गलबार काठमाडौँमा उनीहरूले औषधी व्यवस्था विभागमा दर्ता भएका औषधीहरू बेच्दा पनि मेडिकल व्यवसायीहरूको औषधी जफत गरिएकोप्रति आपत्ति जनाएका हुन् ।
महिला मन्त्रालयलाई कम महत्व दिनु गैरजिम्मेवार : मन्त्री चौधरी
राज्यको अर्थतन्त्रले भविष्य कस्तो बनाउने खाका निर्धारण गर्छ । अर्थमन्त्री वर्षमान पुनले गत मङ्गलबार २०८१/८२ को बजेट भाषण गर्नुभयो ।
शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुङ्ग्याउनुपर्छ : सांसद सिटौला
नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम
चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।
‘माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं पठाउँदैनौँ’
हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरु पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौं नपठाउने चेतावनी दिनुभएको छ ।
उत्तेजक अभिव्यक्ति नदिन महानगरप्रमुख शाहलाई सांसद भट्टराईको सुझाव
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ ।
मनहरिमा तीन पक्की पुल निर्माण
पश्चिम मकवानपुरको मनहरिको विभिन्न स्थानमा निर्माण गरिएको पक्की पुल उद्घाटन गरिने भएको छ । मनहरि गाउँपालिकाले निर्माण गरेको तीन वटा पक्की पुल यही जेठ २६ गते उद्घाटन गर्ने तयारी गरिएको हो ।