• ६ असार २०८१, बिहिबार

विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अध्यक्ष लिङदेनको आग्रह

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन

काठमाडौँ, जेठ २२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्नुहुँदै अध्यक्ष लिङदेनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन आग्रह गर्नुभएको हो ।

उहाँले विद्युत खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको बताउनुभयो । उहाँले कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनी विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको बताउनुभयो । उहाँले सधैँभरी अनुमान, अनुदान र ऋणमा आधारित भएर बजेट ल्याइने गरेको भन्दै यो प्रक्रिया असफल भएको बताउनुभयो । उहाँले पुँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै त्यसलाई साँघुराउने कुनै प्रयत्न नभएको पनि बताउनुभयो ।

उहाँले बजेट नयाँ शैलीमा आउनुपर्ने भएपनि परम्परागत रूपमा नै आएको बताउनुभयो । उहाँले बजेटमा धेरै विवादास्पद कुराहरू नभएको पनि बताउनुभयो ।