बिएन्डसीलाई अनुमति दिन आदेश
सर्वोच्च अदालतले झापाको बिएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र एमबिबिएस कार्यक्रम सञ्चालन अनुमति दिन आदेश दिएको छ । चैत १२ गते जारी गरिएको आदेशको पूर्ण पाठमा यस्तो उल्लेख छ । पूर्ण पाठ बिहीबार सार्वजनिक भएको हो । काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा जारी गरिएको परमादेशमा यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना तथा कक्षा सञ्चालनको अनुमति दिन आदेश गरेको उल्लेख छ ।
गुनासो सुन्न घर घरमा नगर प्रहरी
ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने अभियान सुरु गरेको छ । महानगरवासीको गुनासो सुनुवाइ गर्न महानगरपालिकाले महानगरका प्रहरी घर घरमा पठाउने अभियान सुरु गरेको हो । नगरवासीको महानगरपालिकासँग विभिन्न गुनासो हुन सक्ने तर उक्त गुनासो महानगरपालिकाको कार्यालयसम्म नआएको हुन सक्ने भन्दै महानगरपालिकाले घर घरमा नगर प्रहरी खटाएर गुनासो सङ्कलन गर्न लागेको हो ।
हेटौँडा सिमेन्ट उद्योग अध्यक्षमा भण्डारी
मकवानपुरको हेटौँडा –९ लामसुरेमा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा हेटौँडाका युवा व्यवसायी नरेन्द्र भण्डारीलाई सरकारले नियुक्त गरेको छ ।
त्रिभुवन विमानस्थलको धावन मार्गमा देखिएको प्वाल पुरियो, अवरुद्ध उडान सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा देखिएको सानो प्वाल पुरेपछि उडान र अवतरण पुनः सुरु भएको छ।
‘समन्वय सहकार्य भएको भए अझ उत्कृष्ट बजेट आउँथ्यो’
नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ बजेटमा केही व्यवस्था राम्रो भए पनि समग्र विषयमा सत्ता पक्षबिच सहकार्य हुन नसक्दा उपभोक्ताको पक्षमा समेट्नुपर्ने विषय छुटेको बताउनुभएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बिहीबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
नेप्से परिसूचक ओरालो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो ।
‘विनियोजन विधेयक’ स्वीकृत
प्रतिनिधि सभाको आज बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा उक्त प्रस्ताव अर्थ अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको थियो ।
‘सङ्घले स्थानीय तहलाई हस्तक्षेप गर्नु विकेन्द्रीकरणको भावना विपरीत’
सांसद मेटमणि चौधरीले न्याय माग्न गएका स्वर्गद्वारी गुठी पीडित सङ्घर्ष समितिका सदस्यमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
थानकोट–चन्द्रागिरि–चित्लाङ सडक भोलिदेखि बन्द
थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नतिको क्रममा भोलि शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मतको काम गर्न शुक्रबारदेखि असार २० गतेसम्मका लागि दिउँसोको समयमा बाटो बन्द गरिने भएको हो ।
कार्कीको विश्व साइकल यात्रा प्रारम्भ
नेपालको साइकल यात्रा गरिसक्नुभएका दोलखाको कालिन्चोक गाउँपालिका-३ लामिडाँडा पोखरेका २२ वर्षीय अभिनय कार्कीले विश्व साइकल यात्रा प्रारम्भ गर्नुभएको छ । रम्भ गर्नुभएको छ ।
वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीमार्फत हुने
वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीमार्फत गर्ने कार्यको शुभारम्भ भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण कार्य अनलाइन प्रणालीमानमार्फत गर्ने कार्यको शुभारम्भ गर्नुभएको हो ।
महानगरको स्वास्थ्य विभागद्वारा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव पारित
प्रतिनिधि सभाको आजको बैठकले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ प्रस्ताव पारित गरेको छ ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुङ्गोमा पुर्याउने गरी जुटेका छौँ : मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल सुरु गर्नुभएको छ ।
दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप हुन्छः मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताउनुभएको छ ।
मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ ।
स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ
सूर्यविनायक नगरपालिका–१० भातेढिकुरबाट स्रोत नखुलेको ६९ लाख पाँच हजार रूपियाँसहित चार जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगरियोस् : सांसद डाँगी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शान्ति प्रक्रियाको बाँकी काम यथाशीघ्र टुङ्ग्याउनुपर्छ : सचेतक चौधरी
नेकपा (माओवादी केन्द्र) का सचेतक रुपा सोसी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतिबाट यथाशीघ्र टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा शून्य समय : किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा ध्यानाकर्षण
प्रतिनिधि सभा बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग
नेकपा (एमाले) का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरसँग समन्वयमा काम गर्न कांग्रेसको माग
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच तत्काल समन्वय गर्न माग गर्नुभएको छ ।
खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिनुभएको छ ।