भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन-२०८१’ सुरु
काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयको आयोजनामा आजदेखि ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन-२०८१’ भक्तपुरमा सुरु भएको छ ।
सबैखाले जग्गाको नक्साङ्कन अभिलेखीकरण अद्यावधिक गर्नुस् : लेखा समिति
सार्वजनिक लेखा समितिले सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वय तथा आवश्यकताका आधारमा देशभरी पुनः नापी गर्न निर्देश गरेको छ ।
करार शिक्षक छनाेट परीक्षा
मकवानपुरको बकैया गाउँपालिकाले शिक्षामा गुणस्तरीयताका लागि प्रयास सुरु गरेको छ। करार भर्ना गरिने शिक्षक छनाेटका लागि पहिलो पटक खुला प्रतिस्पर्धा गराएर पालिकाले शिक्षामा गुणस्तरीयताका लागि प्रयासको थालनी गरेको हो।
पर्यटन क्षेत्रमा रहेका अतिरिक्त कर हटाउँछौँ : पर्यटनमन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रतर्फ हवाई टिकटमा लगाइने भ्याट र अन्य अनावश्यक कर हटाउन सरकार लागि परेको बताउनुभएको छ ।
गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भाषा सङ्ग्रहालय स्थापनाको माग
नेपालमा बोलिने जातजातिको भाषा र पहिचान जोगाउन भाषा सङ्ग्रहालयको स्थापनाको माग आदिवासी अगुवाहरुले गरेका छन् । आदिबासी जनजाति आयोगको आयोजनामा यहाँ आयोजित ‘भाषा संग्रहालयको अवधारणा’ अन्तरक्रियामा वक्ताहरुले सो माग गरेका हुन् ।
सिद्धपोखरीमा ‘अभ्यास मनसुन-४’ सम्पन्न
भक्तपुरको सिद्धपोखरीमा तीन दिनदेखि सञ्चालित खोज तथा उद्धार तालिमअन्तर्गत ‘अभ्यास मनसुन-४’ आज सम्पन्न भएको छ ।
११ जनाको नक्कली नागरिकता रद्द
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ ।
सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस-ब्रेन ट्युमर: अवस्था र भावी योजना
शरीरको कुनै पनि अङ्गमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भनिन्छ ।
प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ।
४५ रोपनी जमिनमा पार्क र पोखरी
ललितपुरको ऐतिहासिक लिच्छविकालीन सप्तपाताल पोखरी र सँगैका दुईवटा पोखरीको पुनर्निर्माण दु्रत गतिमा अघि बढेको छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ ।
विपद सुरक्षा संस्कृति विकास गरिनेः मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विद्यालयस्तरबाट विपद सुरक्षा संस्कृति विकास गरिने बताउनुभएको छ ।
आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन
एपीएफ कमाण्ड तथा स्टाफ कलेज कठमाडौँमा सञ्चालन भएको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहकाबिच शुक्रबार समापन गर्नुभएको हो ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ ।
उत्पादकत्व वृद्धि एवम् रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताउनुभएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा शुक्रवार बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
यो गठबन्धन आउने निर्वाचनसम्मै जान्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य राजनीति गर्न बिपक्षी दललाई अनुरोध गर्नु भएको छ । भरतपुर विमानस्थलमा शुक्रबार सन्चारकर्मी सङ्ग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
लोकतन्त्र सुदृढ हुन नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनुभएको छ ।
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ ।
चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम
चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ ।
बाग्मती सरकार चालु आवकै हाराहारीमा बजेट ल्याउँदै
बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको बजेट ल्याउने तयारी भएको हो ।
काठमाडौँ महानगरपालिकाको नगर सभा जेठ ३२ गते हुँदै
काठमाडौँ महानगरपालिकाको १५ औँ नगर सभा जेठ ३२ गते हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रवार सूचना प्रकाशन गर्दे राष्ट्रिय सभागृहको सभा हलमा दिउँसो १ बजे नगर सभा आयोजना गरिएको जनाएको छ ।
भ्रामक सूचना देशका लागि घातक : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक भएको बताउनुभएको छ । अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको औँल्याउँदै अध्यक्ष बस्नेतले त्यस्ता सञ्चार माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारी दिनुभयो ।