बागमती प्रदेशको गौरव योजना जिरी ताल निर्माण अन्योलमा
बागमती प्रदेश सरकारको गौरवको आयोजना मानवनिर्मित जिरी तालको निर्माण योजना अन्योलमा परेको छ । दुई वर्षअघि प्रदेशको गौरवको आयोजनाका रूपमा ताल निर्माण गर्ने भनिए पनि अहिले ताल निर्माणको काम अन्योलमा परेको हो ।
मनहरिमा तीन पक्की पुल उद्घाटन
पश्चिम मकवानपुरको मनहरिमा एकै दिन तीन वटा पक्की पुलको उद्घाटन गरिएको छ । मनहरि गाउँपालिकाको बजेटमा निर्माण भएको तीनवटा पक्की पुल शनिबार मकवानपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको हो ।
‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी
इतिहासका अध्येताले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी गरेका छन् ।
नारायणघाट-बुटवल सडकको दुरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट-बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।
ढकमक्क जरबेरा फूल
सूर्यविनायक नगरपालिका–७ गुण्डु कार्की गाउँमा किसान कुश कार्कीले गरेको जरबेरा फूल खेती । जरबेरा फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि यहाँका किसान फूल खेतीतर्फ आकर्षित भएका छन् ।
जसपा महाधिवेशन : पदाधिकारी र सदस्यको उम्मेदवारका लागि मापदण्ड तय
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्यताको व्यवस्था गरेको छ ।
संसद् समीक्षा: बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरू
जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ । मुलुकको सङ्घीय संसद्मा पछिल्ला दिनमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको सैद्धान्तिक छलफलका साथै विभिन्न विधेयकमाथिका छलफलले निरन्तरता पाएको छ ।
चार सय केभीको तेस्रो ठुलो सब स्टेसन हेटौँडामा निर्माण, ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने
देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौँडा सब स्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली [जिआइएस] प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठुलो ४०० केभी हेटौँडा सब स्टेसन निर्माण सम्पन्न गरी शुक्रवारबाट सञ्चालन ९चार्ज०मा ल्याइएको छ । यसै गरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमानै २२० र १३२-११ केभी क्षमताका सब स्टेसन निर्माण सम्पन्न गरी शुक्रबारनै चार्ज गरिएको छ ।
टोखा झोरको कृष्ण महादेव (फोटो फिचर)
काठमाडौँको टोखा नगरपालिका २ झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव ।
आठ विद्यालयको तह घटाइयो
विद्यार्थी नभएपछि रामेछापको मन्थली नगरपालिका–२, टेकानपुरमा सञ्चालित एउटा विद्यालय बन्द गरिएको छ । उक्त वडामा रहेको ताम्राकौशिका आधारभूत विद्यालय नगरको सामुदायिक शिक्षा सुधारका लागि बनाइएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि बन्द गरिएको हो । नगर शिक्षा समितिले बनाएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि ताम्राकौशिका आविलाई बालकन्या आविमा समायोजन गरी बाल ताम्राकौशिका आवि नामकरण गरी सञ्चालन गरिएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “ताम्राकौशिका आवि र बालकन्या आविको व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरिएको छ ।
खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबिच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ ।
एमाले नुवाकोटको अध्यक्षमा मैनाली
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिनुभएको छ । पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत आज भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
थिमिमा रातो मत्स्येन्द्रनाथको महास्नान
मध्यपुर थिमिमा रातो मत्स्येन्द्रनाथको जात्रा सुरु भएको छ । जात्राका क्रममा शुक्रबार मत्स्येन्द्रनाथको महास्नान अर्थात् ‘न्हवं’ गरिएको छ । मध्यपुर थिमिको मरु टोलस्थित हेमवर्ण महाविहारमा रहेको पद्मपाणि लोकेश्वरलाई दुध, दही, घिउ, मह र पानीले स्नान गराइएको छ । पुजारी धर्मसुन्दर वज्राचार्यका अनुसार हेमवर्ण विहारमै यसरी महास्नान गराइसकेपछि जिस्वां बहाल भन्ने अर्को बहालमा लगी घाममा सुकाइन्छ । त्यसपछि रङरोगन हुन्छ । रङरोगनपछि मानिसलाई जस्तै न्वारान, इही, बाह्राः, चुडाकर्म जस्ता केटा र केटी दुवैलाई गरिने संस्कार गरिन्छ । यसलाई १० कर्म संस्कार गरिने भनिन्छ । त्यसपश्चात् मूर्तिमा जीवन्यास गरिन्छ ।
योजना बैङ्क नहुँदा स्थानीय तहमा उपलब्धि न्यून
स्थानीय तहले निर्माण गर्ने अधिकांश बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरिए पनि स्थानीय तहमा योजना बैङ्कको अभावमा उपलब्धि न्यून बन्दै गएको छ । स्थानीय तहमा व्यवस्थित विकास निर्माणका लागि सरकारले योजना बैङ्क निर्माण गर्न आग्रह गर्दै आए पनि स्थानीय तहले भने योजना बैङ्कबिना नै विकास निर्माणको कार्य गर्दै आएका छन् । स्थानीय तहमा गएको करिब ६० प्रतिशत बजेट पूर्वाधार विकासमै खर्च हुने गरेको भए पनि योजना बैङ्कको अभावमा व्यवस्थित विकास हुन नसकेको हो ।
अब न्यायालय पुरानो संरचनामा चल्न सक्दैन : वरिष्ठ अधिवक्ता घिमिरे
नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्यायालय पुरानो संरचनामा चल्न नसक्ने बताउनुभएको छ।
एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा रहेको बताउनुभएको छ ।
चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान
होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने अनुमान गरेको छ । सङ्घले हालै चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको थियो । सो कार्यक्रम पश्चात चिनियाँ पर्यटकको सङ्ख्या दोब्बर हुन सक्ने सङ्घले अनुमान गरेको हो ।
क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग
नेपाल महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गङ्गा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ ।
ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताउनुभएको छ ।
नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल
प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि आज चार वटा मन्त्रालयसँग दफावार छलफल गरेको छ ।
धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक
नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक पर्ने बताउनुभएको छ ।
बास्केटबल टोली चीन जाने
छैटौँ एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको झौसन प्रस्थान गर्ने भएको छ ।
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलबाट राससको तस्बिर प्रदर्शनी अवलोकन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा एमाले मुख्यालयमा
नेकपा (एमाले) को मुख्यालयमा सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन बारेमा अनुभव लिन नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नी सापकोटा च्यासल पुगेर त्यसबारे जानकारी लिनुभएको छ । नेता सापकोटा आज एमाले मुख्यालय पुगेर सोबारे जानकारी लिनुभएको हो ।