पारिवारिक निजी वनको महाधिवेशन, नयाँ समिति चयन गर्दै
पारिवारिक निजी वन सङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरुभएको छ । महाधिवेशनले ४९ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।
सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदीमा डुबेकी किशोरीको शव सशस्त्र प्रहरीले सोमबार दिउँसो फेला पारेको छ ।
जलवायुजन्य क्षतिपूर्तिका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड
राष्ट्रियसभा सदस्य तुलसाकुमारी दाहालले जलवायुजन्य क्षतिपूर्तिका लागि आन्तर्राष्ट्रिय रुपमा पहल कदमी गरिनुपर्ने सुझाव दिनुभएको छ ।
सबैको सहयोगबाट लागूऔषधमुक्त समाज
सिरहा जिल्लामा १६ देखि २५ वर्षका युवाहरू लागूऔषधको दुर्व्यसनीमा लाग्ने युवाहरूको सङ्ख्या अत्यधिक देखिएको छ ।
जीवनका कथैकथा जोडिएका ‘यादहरु’
डुङ्गाको अस्तित्व पानी र त्यसको बहावसँग जोडिएको हुन्छ तर त्यही डुङ्गालाई विम्ब बनाएर जमिनसँग नाता जोड्ने प्रयत्नमा लाग्नुभएको छ कलाकार रवीन्द्र श्रेष्ठ । नयाँ सोच र अवधारणालाई कलामार्फत प्रस्तुत गर्ने खुबी उहाँमा देखिन्छ ।
विपद् न्यूनीकरणका लागि स्थानीय सरकार तयारी अवस्थामा
सिन्धुपाल्चोक विपदग्रस्त जिल्ला हो । यहाँका तीन नगरपालिका र नौ गाउँपालिकाले विपद् प्रतिकार्यका पूर्व तयारीका कामहरू गरिरहेका छन् ।
छ वर्षपछि बन्यो वडा कार्यालय भवन
शिलान्यास भएको झण्डै छ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका-६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । वि.सं.२०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो ।
भित्रियो यस वर्षको मनसुन प्रणाली
यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
७ दिनभित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम
काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू सात दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
त्रिभुवन विमानस्थलमा आपत्कालीन नमुना अभ्यास (फोटो फिचर)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा उद्धार कार्य चुस्त र दुरुस्त बनाउने उद्देश्यले नमुना अभ्यास गराइएको छ । सोमबार दिउँसो विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना र आपत्कालीन अवस्थाको प्रतिकार्यका लागि नमुना अभ्यास गरेको हो ।
नेपाली क्रिकेटप्रति विश्लेषक बढे : सचिव खड्का
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आइसिसी टी २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा सङ्कटकालीन योजनाको अभ्यास
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सोमबार दिउँसो १ बजेदेखि १ः३० सम्म विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास हुने भएको छ ।
सकियो ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनको निर्माण
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ ।
निजी वनको दिगो व्यवस्थापन अति आवश्यक : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ ।
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ जारी
सर्वोच्च अदालतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ जारी छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ भइरहेको हो ।
मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री डा= महत
पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कनुहुँदै
भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथ ग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किँदै हुनुहुन्छ ।
विद्यालयभित्र फलफूल बगैँचा
झट्ट हेर्दा फलफूलको बगैँचा जस्तै लाग्छ । दुई दर्जन बढी फलफूलका बिरुवा विद्यालयको प्राङ्गणमा देखिन्छ । बगैँचाभित्र अहिले २० बोटमा लटरम्मै आँप फलेको छ । यहाँ पुग्ने जो कोहीलाई टक्क रोकिन्न मन लाग्छ र फलेका आँप हेरिरहूँ जस्तै हुन्छ ।
भित्तामा दोलखा चिनाउने चित्र
चरीकोटको सातदोबाटो चोकका सडक भित्तामा भीमेश्वर नगरपालिकाले भित्तेचित्र बनाउन थालेको छ । भीमेश्वर नगरपालिका–३ र ६ को सातदोबाटो चोकको झार झिकेर रङरोगन र चित्र बनाउन थालिएको हो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार पर्यटकीय क्षेत्रका रूपमा विकाम गरी पर्यटक आकर्षित गर्न भित्तेचित्र निर्माण गरिएको हो ।
जेठ ३१ देखि मेलम्चीको पानी रोकिने
जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही जेठ ३१ गतेबाट सुरुङमा पानी पथान्तरण बन्द गर्ने खानेपानी मन्त्रालयमा निर्णय भएको छ तर मनसुन भित्रिए पनि ठुलो पानी नपर्दासम्म पानी पथान्तरण बन्द गरिने छैन ।”
नेपाली ठग्न ‘हाइपर फन्ड’ को जालो
भर्चुअल मुद्रा ‘हाइपर फन्ड’ मा लगानी गरे २० गुणासम्म फाइदा हुने प्रलोभनमा परी काठमाडौँ बस्दै आउनुभएकी इलामकी ६४ वर्षीय कमला न्यौपाने (नाम परिवर्तन) ले २९ लाख ३८ हजार रुपियाँ गुमाउनुभयो । सामान्य मोबाइलसमेत चलाउन नजान्ने न्यौपानेले सो रकम छिमेकीमार्फत ‘हाइपर फन्ड’ मा लगानी गर्नुभएको थियो । सन् २०२१ मा वैदेशिक रोजगारीका क्रममा इजरायल पुग्नुभएकी दोलखा जिरीकी नुर्वु शेर्पा (नाम परिवर्तन) का दम्पतीले सम्पूर्ण कमाइ एक करोड ३६ लाख २४ हजार ‘हाइपर फन्डमा गुमाउनुभयो । यही कारण परिवारमा बेमेल बढ्ने डरले शेर्पा आफ्नो पीडा खुलेर भन्नसमेत सक्नुहुन्न ।
समाचारमा स्रोत उल्लेख नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ: अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारमा स्रोत उल्लेख नगर्ने र अनधिकृतरुपमा समाचार प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नक्कली नोटसहित दुई जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।