विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ
प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको छ । बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको हो ।
जलविद्युत समूह चम्किँदा नेप्से परिसूचक ३३ दशमलव १५ अङ्कले बढ्यो
जलविद्युत कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।
नेपालमा उत्पादित कटहर सीमावर्ती भारतीय बजारमा लोकप्रिय
धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदैगएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्री वितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् ।
पहेँलो धातुसहित दुई जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनुपर्छ : सांसद पौडेल
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद एवम् पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
तुलाधरको मूर्तिकलाले जित्यो एक लाख पुरस्कार
ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ चौथो पुस्ता हुनुहुन्छ ।
मध्य र पश्चिम तराईमा तीन दिन तातो हावा चल्ने
आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १० देशका २८ चलचित्र प्रदर्शन हुने
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा प्रदर्शनका लागि १० देशका २८ चलचित्र, वृत्तचित्र र लघु चलचित्र छनोट भएका छन् ।
अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी
विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त हुनुहुन्छ ।
नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सहरका विद्यार्थीका दुःख : खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल
विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घण्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन् ।
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु भएको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल सुरु भएको हो ।
प्रतिनिधि सभा : हावाहुरीले बालीनालीमा गरेको क्षतिको राहतको माग
सांसदहरूले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठुलो क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको छ ।
नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने बताउनुभएको छ ।
निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्
ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् ।
प्रतिनिधि सभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
प्रतिनिधि सभा सांसदहरूले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाउनुभएको छ ।
बेवारिसे साधनको बिक्री गर्न सरकारसँग माग
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरूको बिक्री गर्न सरकारसँग माग गर्नुभएको छ ।
निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख
दाताले निजी गुठी राखेर सञ्चालन गर्नेमा नेपालकै धनी मन्दिरमध्येमा पर्छ श्रीरामचन्द्र मन्दिर । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको जग्गा कहाँकहाँ कति छ भन्ने अद्यावधिक अभिलेख निजी गुठी सञ्चालकसँग नै नरहेको पाइएको छ । निजी गुठी सञ्चालकको समिति त छ तर समितिसँग गुठीको नाममा कहाँकहाँ कति कति जग्गा छ भन्ने अभिलेख नै छैन ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन एमालेको माग
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु हुने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजमाथि छलफल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथि छलफल सम्पन्न गरेको छ ।
चेपाङ बस्तीमा खाद्यान्न अभाव
पश्चिमी मकवानपुरसँगै चितवन र धादिङ जिल्लाका चेपाङ बाहुल्य बस्तीमा खाद्यान्न अभाव भएको छ ।
थाहाको आलु (फोटो फिचर)
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–४ को नयाँ गाउँ आलु खेतीका लागि प्रख्यात मानिएको छ । चर्चा नै कमाएपछि यहाँको त्रिभुवन राजपथ छेउमा आलुको स्तम्भ नै निर्माण गरिएको छ ।
फेरियो अतिरिक्त क्रियाकलापको शैली
पहिले पहिले शुक्रबार हाफ छुट्टी (आधा समय) हुने भनेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुने गर्दथ्यो । विद्यार्थी कम हुने मात्र होइन, विद्यालयमा आएका विद्यार्थी पनि पढाइ सकिनेबित्तिकै घरतिर फर्कन्थे ।