रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।
चितवनमा सवारी दुर्घटना : २० जना घाइते
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।
अत्यधिक गर्मीपछि विद्यालयमा बिदा
केही दिनयता हेटौँडा उपमहानगरपालिका र आसपासका क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी हुन थालेको भन्दै हेटौँडा उपमहानगरपालिकाले उपमहान
काठमाडौँ उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने पूर्वानुमान
काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजना : आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै
मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ ।
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
बिक्री कम, प्रदर्शनी धेरै
समाज जति विकसित हुँदै गएको छ, कलाको परिभाषा पनि त्यति नै व्यापक र परिमार्जित हुँदै आएको छ । कला अभिव्यक्तिको माध्यम हो । त्यस कारण पनि यसलाई मानव सभ्यताको अभिन्न अङ्ग मानिन्छ । कलामा विधा विविधता छ । परम्परागत चित्रकला, समसामयिक चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला यसभित्र पर्छन् । मूर्तिकला एउटा महत्वपूर्ण विधा मानिन्छ । मूर्तिमा कुनै ठोस वस्तुमा केन्द्रित भएर बहुआयामिक आकृति भर्ने काम गरिन्छ । जुन विभिन्न धातु, ढुङ्गा, माटो र काठ जस्ता चिजबाट बनाउन सकिन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ललितकला प्रदर्शनी शुक्रबारसम्म छ, जसमा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
२८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जारी गरेको सूचना अनुसार मन्त्रीपरिषद्को २०८१ जेठ २४ गतेको बैठकले गरेको निर्णयका आधारमा पहिलो चरणमा २८ जिल्लामा यो प्रावधान लागु गर्न लागिएको हो । मन्त्रीपरिषद्को निर्णय अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
नतिजा नआए पनि प्रवेश परीक्षामा भाग लिन पाइने
चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी गराउने भएको छ । यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भाग लिन १२ कक्षा पास हुनु पर्थ्यो । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले बुधबारदेखि आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।
बैङ्कभन्दा नातेदारकै भर
नेपाली जनता ऋणका लागि सबैभन्दा धेरै नातेदारसँगै निर्भर रहने पाइएको छ । ऋण प्रवाहका लागि देशका प्रायः सबै क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, लघुवित्त र सहकारीको समेत उपलब्धता रहेको अवस्थामा पनि धेरै घरपरिवारले नातेदारसँगै ऋण लिने गरेको पाइएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ को प्रतिवेदनले ऋण लिएका घरपरिवारमध्ये सबैभन्दा धेरै अर्थात् ४२.५ प्रतिशतले नातेदारबाट ऋण लिने गरेको तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार घरपरिवारबाट ऋण लिने प्रवृत्ति विगत १२ वर्षको तुलनामा भने घटेको छ । यसअघि सन् २०१०/११ को जीवनस्तर सर्वेक्षणमा ५१.१ प्रतिशतले नातेदारबाट ऋण लिने उल्लेख गरेको थियो ।
विधानअनुसार सदस्यता टुंगो लगाउन युनियनको माग
नेपाल प्रेस युनियनले विधानअनुसार सदस्यता विवाद टुंगो लगाएर थपिएको समयभित्र नेपाल पत्रकार महासंघको निर्वाचन गराउन नेतृत्वसँग आग्रह गरेको छ ।
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले भेटवार्ता गर्नुभएको छ ।
बुलेट राइड कार्यक्रम हुने
नेपालको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसाथ आयोजना भएको दुई दिने बुलेट राइड हुने भएको छ । बुलेट सर्भिस सेन्टरको आयोजनामा ३० वटा बुलेट बाइक समावेश हुनेछन् ।
हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्त्वपूर्ण छ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक र महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई एमाले महासचिवको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा राजनीतिक परिवर्तन भइसकेकाले त्यसको जगमा समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई आग्रह गर्नुभएको छ ।
आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छ : सांसद केसी
प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।
गणतन्त्रको उपलब्धि जनतासम्म पुर्याउन सक्नुपर्छ : अध्यक्ष खड्का
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष सङ्गीता खड्काले गणतन्त्रको वास्तविक उपलब्धिबारे सबै नागरिकसम्म जानकारी पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।
भूकम्प प्रभावित जिल्लाको अवस्थाबारे छलफल
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित जिल्लाको अवस्थाका बारेमा गृह मन्त्रालयलगायत सरोकार भएका निकायसँग छलफल गर्ने भएको छ ।
आयुषलाई बङ्गलादेशमा स्वर्ण
नेपालका आयुष ढुङ्गेलले बिहीबार प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा स्वर्ण पदक जित्नुभएको छ ।
पुँजी बजारमा करिब साढे छ अर्बको कारोबार
यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्यरुपमा बढेको छ ।
नेपालका लोपोन्मुख मातृभाषाको संरक्षण गरिने
भाषा आयोग र काठमाडौँ स्कुल अफ लले संयुक्तरुपमा नेपालका लोपोन्मुख एवम् मातृभाषाको विकास, अध्ययन, अनुसन्धान र संरक्षण गर्ने भएका छन् ।
शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
७५ प्रतिशत सकियो ग्वार्को फ्लाइओभरको काम
ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाइओभरको काम ७५ प्रतिशत सम्पन्न भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यका अनुसार यस आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत सम्पन्न भएको हो ।