• ७ कात्तिक २०८१, बुधबार

विधानअनुसार सदस्यता टुंगो लगाउन युनियनको माग

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ३१ गते । नेपाल प्रेस युनियनले विधानअनुसार सदस्यता विवाद टुंगो लगाएर थपिएको समयभित्र नेपाल पत्रकार महासंघको निर्वाचन गराउन नेतृत्वसँग आग्रह गरेको छ । 

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आज विज्ञप्ति जारी गर्दै सो माग गर्नुभएको हो । विवाद समाधान नगरी एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाए युनियनले स्वीकार नगर्ने उहाँले चेतावनी दिनुभएको छ । महासंघले जेठ २६ गतेका लागि यसअघि निर्वाचन मिति तय गरेको थियो । तर सदस्यता विवादका कारण सो मितिमा निर्वाचन सम्पन्न हुन सकेन ।

सदस्यताबारे टुंगो लगाई बिहीबार निर्वाचन मण्डललाई बुझाएको महासंघका पदाधिकारीहरुको भनाइ छ । तोकिएको समयमा निर्वाचन हुन नसकेपछि महासंघले असार दोस्रो साताभित्र निर्वाचन गर्नेगरी मिति थप गरेको छ ।