• १२ असोज २०८१, शनिबार

बुलेट राइड कार्यक्रम हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ३१ गते । नेपालको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसाथ आयोजना भएको दुई दिने बुलेट राइड हुने भएको छ । बुलेट सर्भिस सेन्टरको आयोजनामा ३० वटा बुलेट बाइक समावेश हुनेछन् । 

काठमाडौँदेखि सिन्धुलीको मुलकोटसम्मको दुई दिने राइड शुक्रबार र शनिबार हुनेछ । सो अवधिमा बाइक राइडसम्बन्धी विविध कार्यक्रमको पनि आयोजना गरिने आयोजकको भनाइ छ । आयोजकले हरके वर्ष पर्यटकीय क्षेत्रमा बुलेट राइड आयोजना गर्दै आएको छ ।