• ७ कात्तिक २०८१, बुधबार

गणतन्त्रको उपलब्धि जनतासम्म पुर्‍याउन सक्नुपर्छ : अध्यक्ष खड्का

blog

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष सङ्गीता खड्का । फाइल तस्बिर

काठमाडौँ, जेठ ३० गते । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष सङ्गीता खड्काले गणतन्त्रको वास्तविक उपलब्धिबारे सबै नागरिकसम्म जानकारी पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।  

उहाँले प्राप्त उपलब्धिका यथार्थलाई प्रस्तुत गर्दै गणतन्त्र व्यवस्थाप्रति आमनागरिकको विश्वासलाई टिकाइरहन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव पनि दिनुभयो । गणतन्त्र दिवस-२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जनअपेक्षाअनुसार समृद्धि हासिल गर्न सबै क्षेत्रको सहभागिता अनिवार्य हुनेमा जोड दिनुभयो ।

“गणतन्त्रको उपलब्धिलाई यथार्थमा देखाउन सके आमनागरिकमा देखिएको निराशा कम गर्न सकिन्छ”, अध्यक्ष खड्काले भन्नुभयो, “गणतन्त्रको उपलब्धि केही भएन भन्नेका लागि यस प्रदर्शनीले निकै राम्रो सन्देश दिएको छ । राससको केन्द्रीय कार्यालयमा मात्र होइन, राष्ट्रिय ध्यानाकर्षण हुने गरी यी तस्बिरलाई प्रदर्शनी गर्न आवश्यक छ ।” रासस